पोलियो रोग लागेका कार्कीकोे मेचि महाकाली शान्ति यात्रा सुरु, जिसस प्रमुख द्धरा उत्घाटन

गाइघाट , फागुन १
शरिर अपाङगता भएका नारायणभक्त कार्कीले मेचि महाकाली शान्ति यात्रा सुरु गर्नुभएको छ  । बुधबार जिल्ला समन्वय समिति उदयपुरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी यात्रा सुरु गरीएको बताइएको छ । कार्यक्रको जिल्ला समन्वय समितिका प्रमुख खड्वग बहादुर परियार (दर्नाल)ले रिवन काटेर उत्घाटन गर्नुभएको थियो । पर्यटन प्रवद्र्धन तथा सामाजिक शान्ति अभियान २०७६ लाई सफल बनाउन भन्दै मेचि महाकाली शान्ति यात्राको सुरु गरीएको कार्कीले बताउनुभयो ।

त्रियुगा नगरपालिका वडा नं ५ सिरपुरका कार्की ३ बर्षको हुदा पोलियो रोगबाट ग्रसित भई देव्रे गोडामा समस्या देखा परेको थियो । आफु शारिरक अपाङगता भएपनि देश र राष्ट्रको लागि १६ दिने यात्रामा रहेको कार्कीले बताउनुभयो ।

यात्रको उद्घाटन तथा विदाई गर्नुहुदै जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले अपाङता भएका व्यक्तिहरु शारिरिक रुपमा अपाङगता भएपनि मानसिक र इच्छा शक्तिको रुपमा अपाङगता नहुने बताउनुभयो । अहिलेको समयमा धेरै सपाङग व्यक्तिहरुलाई पछि पार्दै अपाङगता भएको व्यक्तिहरुले नसोचेको काम गरी विश्वलाई चकित बनाउने काम गरीरहेको बताउनुहुदै सफल यात्राको कामना गर्नुभयको छ ।

कार्यक्रम अपाङ्ग बिकास संघ उदयपुरको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा भएको थियो ।


हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]