आफन्त गुमाएका परिवारका सदस्यहरुलाइ अभिनन्दन गर्दै जनयुद्ध दिवस मनाइयो

गाइघाट , फागुन २

जनयुद्ध दिवस उदयपुरमा पनी बिविध कार्यक्रम गरी मनाइएको छ । नेकपा उदयपुरको आयोजनामा बिहिबार पार्टी कार्यलय पुरानो गाइघाटमा भएको कार्यक्रममा जनयुद्धमा  आफन्त गुमाएका परिवारका सदस्यहरुलाई अभिनन्दन सहित बिविध कार्यक्रम गरी मनाइएको छ ।

कार्यक्रममा जनयुद्धमा लागेर आफ्ना आमा र बुबा दुबै गुमाउनु हुने नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवाल, बुबा गुमाउनु हुने नेकपा उदयपुरका नेता जिवन कुमार कार्की र छोरा वेपत्ता भएका परिवार लक्षीमाया आचार्य र बज्रलाल आचार्यलाई सम्मान गरिएको थियो ।

उहाँहरुलाइ नेकपाका अग्रज नेता राममणी पोखरेलले दोसल्ला ओढाएर सम्मान गर्नु भएको होे । कार्यक्रममा नेकपाका नेता प्रमेश्वर घिमिरे, कुशल कार्की, अनिल अधिकारी, मोहन खत्री, मणी उपाध्याय, राममणी पोखरेल लगाएतले जनयुद्धको बारेमा धारणा राख्नु भएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांस नेताहरुले केन्द्र र जिल्लामा पार्टी एकता भएपनि तल्लो तह सम्म एकता नहुदाँ कार्यकर्ताहरुमा निरासा बढेकोले छिटो एकता प्रक्रिया टुङ्गो लगाउनु पर्ने ध्यानकर्षण गराएका छन ।



हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]