थारु सिंगिङ स्टारको तयारी पुरा, पहिलो अडिसन आजबाट गाइघाटमा

उदयपुर , माघ ११
थारु सिंगिङ स्टारको प्रथम संस्करणको तयारी पुरा भएको आयोजक संस्था विवेकशील थारु युवा समूहले जनाएको छ । शुक्रबार उदयपुरको गाईघाटमा पत्रकार सम्मेलन गर्दै थारु सिंगिङ स्टारको तयारी पुरा भएको जनाकारी गराएको हो ।  

थारु सिंगिङ स्टार २०७६ प्रथम संस्करणको पहिलो अडिसन आज शनिबार विहान १० बजे गाईघाटको टाउन हल नजिकको मेलिना होटलमा हुने आयोजकले जनाएको छ । प्रदेश १ अन्तर्गत बसोबास गर्ने थारु गायन प्रतिभा भएका युवाहरुलाई लक्षित गरी सिंगिङ स्टारको आयोजना गरिएको संस्थाका सचिव वीरबल गच्छदारले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार पहिलो अडिसन आज गाईघाटबाट  औपचारिक कार्यक्रम गरी उद्घाटन हुने जनाएको छ ।

यस्तै माघ १४ गते झुम्का, १८ गते विराटनगरको नेता चोक, २४ गते विर्तामोड र २६ गते दुहवीमा अडिसन कार्यक्रम रहेको संस्थाको सचिव गच्छदारले बताए । उनका अनुसार कार्यक्रमले थारु समुदायमा लुकेर रहेका थारु गायन प्रतिभालाई पहिचान गरी उजागर गरि प्रोत्सहान गरिने कार्यक्रमको मुख्य उद्देश्य रहेको सचिव गच्छदारले बताए । सिंगिङ स्टारका विजेता तथा उपविजेतालाई नगद, ताज सहित थारु तथा नेपाली गीत गाउनमा चान्स दिइने सचिव गच्छदारले बताए ।

प्रतियोगिताको लागि अडिशन शोहरुमा निर्णायक भूमिकामा गायक तथा संगीतकार विभास चौधरी, गायक आर.सी. चौधरी, प्रकाश माझी, गीता चौधरी, सुनिल माझी र प्रज्वलदिप विश्वास रहने छन् ।

गायन कलालाई मर्यादित बनाउँदै व्यवसायीक वनाउन पहल गर्दै अग्रज व्यक्तिहरुको समानसंगै नयाँ पुस्तालाई अवसर प्रदान गरी कलाकारहरुका लागि संस्थागत विकास गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।

अडिशन शोबाट छनौट भएका प्रतियोगिहरुलाई पहिलो, दोस्रो गर्दै पाँचौं चरण हुँदै पाइनल चरणमा तीन जना प्रतियोगि छनौट गरिने छ । छनौटमा परेका प्रतियोगिताबाट नै थारु सिंगिङ स्टारको ताज पहिरिने छ ।

गाईघाटमा हुने अडिशन शो कार्यक्रमको समन्वय नेपाल थारु पत्रकार संघ उदयपुरले गरेको छ ।



हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]