मदन भण्डारी राजमार्गमा दुई मोटर साइकल एक आपसमा ठोकिदा ४ जना घाइते

गाइघाट , माघ २१
उदयपुरमा सोमबार दुई मोटर साइकल एक आपसमा ठोकिएर ४ जना घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत गाईघाट चुहाडे खण्डको त्रियुगा नगरपालिका ९ गैहरुनमा दुई मोटर साइकल एक आपसमा ठोकिँदा ४ जना घाईते भएका हुन् ।
लु.५३ प २२५१ नम्बरको मोटर साइकल चालक उदयपुरगढी गाउँपालिका ७ बस्ने ३६ वर्षिय खड्ग मगर र सोही मोटरसाइकलमा पछाडी सबार रौतामाई गाउँपालिका ७ बस्ने ३५ वर्षिय हर्क मगर घाइते भएका छन् ।

यस्तै अर्का मोटर साइकल स.३ प १९१० नम्बरको मोटर साइकल चालक त्रियुगा नगरपालिका ९ बस्ने ६० वर्षिय विलक चौधरी र पछाडी सवार सोही वडा बस्ने ५८ को आनन्द लाल चौधरी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेश कुमार चौधरीले बताउनुभयो ।



हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]