एकवर्ष भित्रमा बेलाका नगरपालीकाको सम्पुर्ण वडाकार्यलय भवनहरु बन्ने

माघ–२४, उदयपुर
उदयपुरको बेलाका नगरपालीकामा वडा कार्यलय भवनहरु बन्ने प्रक्रिया धमाधम सुरु भएको छ । बेलाका नगरपालीकामा अहिलेसम्म ३ वटा वडा कार्यलयको भवन निर्माण कार्य सम्पन्न भईसकेको छ भने ५ वटा वडा कार्यलयको भवन सिल्यान्यास भईसकेको छ । ९ वटा वडा रहेको बेलाकामा यस आर्थिक वर्षमा ८ वटा भवन निर्माण कार्य सम्पन्न हुने बेलाका नगरपालीकाका मेयर दुर्गा कुमार थापा स्वस्तिकले बताउनु भयो ।

मेयर थापाका अनुसार वडा नम्बर २ मा मात्र जग्गा बिबादका कारण भवन निर्माणमा समस्या भएको छ । यसै आर्थिक वर्षमा ८ वटै वडा कार्यलयको भवन निर्माण गरि कार्यलय सञ्चालन गरीनेछ ।
नगरपालीकाको वडा नम्बर ४, ५ र ८को भवन निर्माण कार्य सम्पन्न भई कार्यलयहरु सञ्चालन भई रहेको छ । वडा नम्बर ४ लाल सिसुवामा एउटा हल सहित ४ कोठे भवन निर्माण हालै सम्पन्न भएको छ । ३७ लाख बराबरको लागतमा उक्त भवन निर्माण गरिएको बताइएको छ ।
त्यस्तै बेलाका नगरपालीकाको वडानम्बर ५ स्थित ६ कोठे भवन निर्माण कार्य सम्पन्न भएको छ । हल सहितको उक्त भवन ३५ लाख बराबरको लागतमा निर्माण कार्य सम्पन्न गरिएको हो ।

यस्तै वडानम्बर ८ सोमबारे  स्थित पनि वडा कार्यलय भवन निर्माण सम्पन्न गरिएको छ । यता वडा नम्बर १ भालअन्ती स्थित वडानम्बर १को वडाकार्यलय निर्माण गर्न ठेक्का प्रत्रिया सुरु भएको बताइएको छ । वडा नम्बर ३ सातपत्रे स्थितको भवन निर्माणको लागि सिल्यान्यास गरिएको छ । ३७ लाख लागतमा निर्माण सम्पन्न गरिने योजना भएको उक्त भवन बैशाख १५ सम्ममा बनिसक्ने सम्झौता भएको छ । भवन निर्माणको लागि बेल्टार निर्माण सेवासंग सम्झौता भई काम सुरु भएको वडा अध्यक्ष भरत दर्लामीले बताउनु भयो ।

यसैगरि वडा नम्बर ७ बासिराम टेम्वामा पनि मैनाममैनि नीर्माण सेवा कम्पनीबाट भवन निर्माणको लागि ठेक्का प्रक्रिया सुरु भएको  छ । यस्तै नगरपालीका परिषरमा रहेको वडा नम्बर ९ को भवन निर्माण कार्य पनि सुरु भएको छ । ३७ लाखको हाराहारीमा ४ कोठे भवन निर्माण कार्य सुरु भएको हो । ८ वटा वडा कार्यलयको भवन निर्मांण गर्नको लागि लगभग ३ करोड बराबरको स्टिमेट रेहेको नगरपालिकाले जनाएको छ  ।

बेलाका नगरपालीकाले वडा नम्बर ६ बुद्धचोक स्थित अढाईतल्ले भवनमा २ वटा हल सहित २२कोठे भवन निर्माण गरिरहेको छ । बेलाका नगर पालीकाले १करोड ९६ लाखमा घिमिरे निर्माण सेवाद्धारा द्रूतगतिमा निर्माण कार्य गरिरहेको बताइएको छ । असार मसान्त सम्ममा निर्माण कार्य सम्पन्न गरि आफ्नो प्रशासनिक कार्य नयाँ भवनबाट सुरु गर्ने पालीकाले लक्ष्य लिएको छ । बेलाका नगरपालीकामा पुरानो कुनै पनि संरचना नरहेको र नयाँ नगरपालीका भए पनि १ वर्ष भित्रमा सवै वडा कार्यलय र आफ्नो प्रशासनिक भवन निर्माण गरि कार्यलय सँञ्चालन गर्ने लक्ष्य लिएको छ ।



हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]