रायमाझी परिवारद्धरा आमाको सम्झनामा अक्सिजन मेसिन हस्तान्तरण

उदयपुर , असोज ३०

उदयपुरको रौतामाई गाउँपालिका समाजसेवी तथा रौतामाई गाउँपालिकाका प्रमुख सल्लाहकार तथा समाजसेवी अम्बर बहादुर रायमाझी परिवारले स्व. आमा सावित्री रायमाझीको सम्झनामा स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन हस्तान्तरण गरेको छ ।

अक्सिजनको अभावमा कैयौं विरामीहरुको अकालमै मृत्यु हुने देखि विरामीको अवस्था जटिल हुने समस्यालाई मध्यनजर गर्दै स्व. सावित्री रायमाझीका छोराहरु अम्बरवहादुर रायामाझी, गोविन्द रायामाझी र दिपक रायामाझीले गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्कालाई मेसिन हस्तान्तरण गरेका हुन् ।

अध्यक्षलाई हस्तारण गरिएको उक्त मेसिन तत्कालै रौतामाई गाउँपालिका ७ का वडाध्यक्ष उत्तर कुमार मगरलाई हस्तान्तरण गरेको थियो । उक्त मेसिनको बजार मूल्य एकलाख बढि रहेको जनाइएको छ ।


हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]