भाईरल ज्वरोले कारागार उदयपुरका कैदीबन्दी ठूलो संख्यामा विरामी

उदयपुर , साउन २२
आईतबारदेखि भाईरल ज्वरोका कारण कारागार उदयपुरका कैदीबन्दी ठूलो संख्यामा विरामी विरामी परेका छन् । करागारमा क्षमताभन्दा तेब्बर बढी कैदी बन्दी भएपछि १ सय २० जना कैदी बन्दीहरुमा भाइरल ज्वरो र पखाला देखिएको छ ।

५० जनाको क्षमता भएको कारागारमा १ सय ७३ कैदी बन्दी रहेका छन । एकैसाथ धेरै कैदी बन्दीमा यसप्रकारको विरामी देखिएपछि प्रमुख जिल्ला अधिकारीसहितको पहलमा जिल्ला अस्पताल उदयपुरबाट १५ जनाको चिकित्सक टोली झिकाई स्वस्थ्य जाँच तथा उपचार गरिएको कारागार प्रमुख कुमार खड्काले बताउभनुयो ।

वर्षा मौसममा खोलाबाट आउने खानेपानी धमिलो र दुषित आउने गरेपछि कैदीबन्दीहरुमा विरामी देखा परेको बताईएको छ । अहिले कारागारले सबै कैदीबन्दीलाई पानी तताएर पिउने व्यावस्था गरिएको छ । कारागारमा पुरुष कैदी १ सय ५ जना, बन्दी ५२ जना रहेका छन् भने महिला कैदी ८ जना, बन्दी ४ जना र आमासंग आश्रित ४ नाबालिका रहेको जेलर कुमार खड्काले बताउनुभयो ।
क्षमताभन्दा तेब्बर बढी कैदी बन्दी रहेको र २०३७ सालमा निर्माण भएको कारागार जीर्ण भवनमा जोखिमपूर्ण तवरबाट राख्नु पर्ने बाध्यता रहेको जेलर खड्काको भनाइ छ ।