बृद्ध तथा हजारदिने आमा बाढीबाट बढी प्रभाबित

बेलका , साउन ५
अभिरल बर्षाको कारण आएको बाढी पहिरोले बृद्ध बृद्धा तथा हजारदिने सुत्केरी तथा गर्भवती  आमाहरु बढी प्रभावित भएको पाइएको छ । शनिबार उदयपुरको बेलका नगरपालिका स्थित बाढी प्रभावित क्षेत्रहरुमा सरोकारवालाहरुले गरेको अनुगमन तथा  राहत वितरण कार्यमा गएको टोलीले बाढीका कारण सबै भन्दा धेरै सुत्केरी महिलाहरु प्रभाबित भएको पाएको हो  ।

बर्षेनी डुबानमा पर्ने बेलका नगरपालिका वडा न . १ साविकको तपेश्वरी गाविसमा २२ घर बाढीबाट जोखिममा परेका बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापा (स्वास्ती)ले बताउनुभयो उनीहरुलाइ  शनीबारनै जिल्लाका सरेकारवालाहरुको उपस्थितीमा राहत वितरण गरिएको छ ।

बाढी पहिरोको कारण यस क्षेत्रमा सबै भन्दा धेरै गर्भवती तथा सुत्केरी आमाहरु प्रभाबित भएका छन । घर ढुवानमा परेपछी बिद्यालयमा २ दिन सम्म बस्नु परेको बताउदै तपेश्वरी आम्बासी पलार टोलका ३ महिने बच्चाको आमा सिता श्र्रेष्ठले सम्बन्धित निकायले राहत बितरण गर्दा गर्भवती तथा सुत्केरी आमाहरुलाइ बेवास्ता गर्ने गरेको बताउनुभयो । बाढीका  कारण पानीको श्र्रोतहरु सबै डुवानमा पर्दा धमीलो पानी खानु पर्ने बाध्याता रहेको दुखेसो गर्नुंभयो

अहिले दुसीत पानी खानाले बच्चा तथा आमुाहरुमा भिन्नि स्वास्थ्य समस्याहरु आउन थालेको बताउदै सिताले पानीको लागी एउटा फिल्टर माग गर्दा सम्म सम्बन्धित निकाय कसैले नसुनेको दुखेसो गर्नुभयो । यस्तै सोही टोलका ५ महिले बच्चाको आमा रमा अधिकारीले पनी  बाढीका कारण सबै भन्दा धेरै बच्चाको आमा र बृद्ध बृद्धाहरु प्रभाबित भएको भन्दै राहत बांढ्दा सरोकार वालाले त्रिपाल र चामल बाहेक अन्य स्वास्थ्य तथा पोषणका कुरालाइ प्राथमित्तामा राख्ने नगरीएको बताउनुभयो ।

उनका अनुसार महिला बालबालिका , सुत्केरी आमा तथा बृद्ध बृद्धालाइ कसैले सोध्न सम्म नआएको गुनासो गर्नुभयो । अधिकारीका अनुसार  हाल यस क्षेत्रका बच्चाहरुमा पानीजन्य रोगहरु चिलाउने , फोका आउने , रुघाखोकी जस्ता  रोगहरु बच्चाहरुमा देखा पर्न थालेको छ  ।

यस क्षेत्रमा त्रियुगा नदीले डुवानमा पारेका सिता श्रेष्ठ, नयन्द्र श्रेष्ठ, रोनी नेवार, वविता श्रेष्ठ, माधव न्यउपाने, सिता देवि श्रेष्ठ, तारा श्रेष्ठ लगाएत प्रभावित भएका छन ।  यस्तै अम्वासीका बिर बहादुर तामाङ, टिका माया राई, रामु लुईटेल, पूर्ण बहादुर विक, लक्ष्मी कार्की, र विष्णु देवी चौधरी गरी घरबार बिहिन अवस्थामा पुगेको र आफन्तकोमा  खाने बस्ने गरिरहेका पिडित परिवारहरुले बताएका छन ।

यस्तै बेलका नगरपालीका मेयर दाुर्गा  कुमार थापाले बाढी प्रभाबित क्षेत्रमा राहत सामाग्रीहरु वितरण गरिसकेको बताउनुभयो उहाँले नगरपालीका  भित्रका बाढी प्रभाबितलाइ पहिलो चरणमा राहत बितरण कार्य सकेको र घरविहिन परिवारलाई नगरपालिकाले घर बनाई दिने समेत बताउनुभएको छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]