बच्चा स्वस्थ राखे पुरस्कार , आमाहरु उत्साहीत ।

इश्वर बलम्पाकी
गाइघाट ,साउन ७
उदयपुरको पहाडी भेगका बाल बच्चालाइ स्वस्थ राखे पुरस्कार पाइने भएपछी आमाहरु बालबच्चालाइ पोषण र स्वास्थ्य राख्न उत्साहीत देखीएका छन । जिल्लाको ताप्लि गाउँपालीकाका बिभिन्न वडामा संचालित मात्रृ तथा बाल स्वास्थ्य र पोषण परियोजना अन्र्तरगत स्वस्थ बच्चा प्रतिस्पर्धा गराइ पुरस्कार पाइने भएपछी आमाहरु उत्साहित देखीएका हुन । कार्यक्रम अन्र्तरगत बच्चालाइ स्वस्थ राखी प्रतिस्पर्दा गराइ स्वस्थ  बच्चा र आमालाइ पुरस्कार दिनाले आमाहरु उत्साहका साथ प्रतिस्पर्दामा सहभागी हुने गरेको  ताप्लि गाउँपालिका वडा न. १ ओख्लेकी महिला स्वास्थ्य संयमसेबिका मन्दिरासेन ठकुरीले बताउनुभयो ।

गाउँघर  क्लिनीकमा प्रत्येक महिनाको ५ गते बच्चाको बृद्धि अनुगमन हुने गरेको छ ।  कार्यक्रममा सहभागी हुन आमाहरु  तिन घण्टाको बाटो सम्म हिनेर आउने गरेको संयमसेविका ठकुरीको भनाइ छ  । प्रत्येक महिना संचालन हुदै आएको स्वस्थ बच्चा तौल तथा बृद्धि अनुगमन कार्यक्रमको नतिजा छ  , छ महिना बर्षमा २ पटक प्रतिस्पर्दाबाट प्रथम दोस्रो र तेस्रो हुनेलाइ क्रमश  १ हजार बराबरको पुरस्कार दोस्रो हुनेलाइ ७ सय बराबरको पुरस्कार तेस्रो हुनेलाइ रु ५ सय बराबरको पुरस्कार दिइने गरेको सामाजिक सहजकर्ता अनमी रबिना चौधरीले बताउनुभयो । यस्तै स्वस्थ बच्चा प्रतिसपर्दा कार्यक्रममा सहभागी हुने सम्पुर्ण आमाहरुलाइ प्रोत्साहन स्वरुप एक एकओटा लाइफब्वाइ साबुन दिइने गरीएको अनमी चौधरीले बताउनुभयो ।

वल्डभिजन इन्टरनेश्नलको सहयोगमा मानबअधिकार र बाताबरण बिकास केन्द्र (हुरेण्डेक) उदयपुर द्धरा संचालित मात्रृ तथा बाल स्वास्थ्य र पोषण परियोजना अन्र्तरगत संचालित स्वस्थ बच्चा प्रतिस्पर्दा कार्यक्रम संचालन भएपछी यस ताप्लि गाउँपालिकाका आमाहरु उत्साहीत देखीएका हुन  । वल्डभिजनको सहयोगमा हाल हुरेण्डेकले उदयपुरको ताप्लि गाउँपालिका , कटारी नगरपालिका , त्रियुगा नगरपालीका , उदयपुरगढी गाउँपालिका ,लिमचुङबुङ गाउँपालिका र रौतामाइ गाउँपालिकाको बिभिन्न वडामा मात्रृ तथा बाल स्वास्थ्य र पोषण परियोजना कार्यक्रम संचालन गरीरहेको परियोजनाका अनुगमन तथा मुल्याङ्कन अधिकृत सुनिल वाग्लेले बताउनुभयो ।

प्रतिस्पर्दा कार्यक्रममा ६ महिना देखी ५९ हप्ता सम्मका बालबालीकाले भाग लिन पाउछन । प्रतिस्पर्दामा भाग लिन थालेपछी बच्चाको  स्वास्थ्य , पोषण , सरसफाइमा ध्यान दिन थालिएको ओख्लेको प्रतिस्पर्दा कार्यक्रममा १ बर्षिय बालकलाइ सहभागी गराउन आउनुभएका आमा गोमा रास्कोटीको भनाइ छ । उनका अनुसार गाउँका अन्य आमाहरुले पनी हाल बालबालीकाको स्वास्थ्य र पोषणको बिषयमा बिशेष ध्यन दिने गरेका छन  ।

प्रतिस्पर्दामा पुरस्कार पाउन तथा प्रथम हुनलाइ बालबालिकाको उमेर अनुसारको उचाइ , तौल , पोषण , सरसफाइको अबस्था , खानपान लगाएत स्वास्थ्य संग सम्बन्धित बिषयको मुल्याङ्कन गरी बालबालिकालाइ पुरस्कृत गरीने हुरेण्डेकका मात्रृ तथा बाल स्वास्थ्य र पोषण परियोजना संयोजक बिकल सुबेदीको भनाइ छ । सुबेदीका अनुसार प्रतिस्पर्दामा आउने बालबालीकाको अभिभाकलाइ बच्चाको पोषण , खानपान , स्वास्थ्य लगाएतको बिषयमा परामर्श समेत दिइने गरीएको छ ।