पोषण पुनस्थापना केन्द्रबाट उदयपुरको दुइ बालिका घर पर्कदै

इश्वर बलम्पाकी मगर
उदयपुर , पुस ३
उदयपुरको रौतामाइ गाउँपालिका वडा न. ३ लाफागाउँकी मनीता थापाको १४ महिने छोरी रोसिका थापा र सोही ठाउँकी रमा कार्कीको २५ महिने छोरी रेष्मा कार्की सगरमाथा अन्चल अस्पताल राजबिराजको पोषण पुनस्थापना केन्द्रको दुइ हप्ता बसाइ पछी घर फर्कीएकी छिन ।

पोषण पुनस्थापना केन्द्रमा भर्ना हुदा १४ महिनाकी रोसिकाको तौल ६.४सय ग्राम थियो पुनस्थापना केन्द्रको १४ दिनको बसाइ पछी उनको तौल ७ सय ग्राम भएको उनकी आमा मनिता थापाले बताइन ।  भने रेष्माको उमेर २५ महिना भएको छ । उनको तौल ८ केजी ४सय ग्राम थियो भने पुनस्थापना केन्द्रको १४ दिनको बसाइ पछी उनको तौल ९ केजी ३ सय ग्राम भएको रेष्माकी आमा रमाले बताइन ।

अती कुपोषणको सिकार बनेकी रोसिका र रेष्मा गाउँमा हुने स्वस्थ बच्चा प्रतिस्पर्दा कार्यक्रममा बच्चाको तौल लिन आउँदा कुपोसित भएको पत्ता लागेको थियो । वल्डभिन इन्टरनेस्नलको सहयोगमा मानबअधिकार र बाताबरण बिकास केन्द्र (हुरेण्डेक) उदयपुरले संचालन गरेको मात्रृ शिसु स्वास्थ्य तथा पोषण कार्यक्रम अन्र्तरगत हरेक महिना बच्चाको तौल लिने गरिन्छ भने ६ ÷ ६ महिनामा पोसीत स्वस्थ बच्चालाइ पुरस्कृत समेत गरीने गरेको (हुरेण्डेक)का मात्रृ शिसु स्वास्थ्य तथा पोषण कार्यक्रका अनुगमन तथा मुल्याङ्कन अधिकृत सुनिल वाग्लेले बताउनुभयो ।

संस्थाले आफ्नो कार्यक्षेत्रमा हरेक महिना बच्चाको तौल लिने र अती कुपोषित रातो चिन्हमा पुगेको ५ बर्ष मुनिका बालबालिकालाइ थप उपचारको लागी सगरमाथा अन्चल अस्पताल राजबिराजको पोषण पुनस्थापना केन्द्रमा पठाउने गरेको छ । जहाँ खान बस्न र उपचार निशुल्क हुने गरेको छ । भने आउने जाने खाने बस्ने  बाटो खर्च (हुरेण्डेक)को मात्रृ शिसु स्वास्थ्य तथा पोषण कार्यक्रले बेहोर्ने गरेको अधिकृत वाग्लेले बताउनुभयो  ।

वाग्लेका  अनुसार रोसिका र रेष्माको उमेर अनुसार उचाइ र तौल हुन सकेको थियन भने राम्रो संग खाना नखाने बिरामी भइ रहने गरेको थियो पुनस्थापना केन्द्रको १४ दिनको बसाइ पछी उनीहरुको स्वास्थ्यमा सुधार भएको छ । नियमित स्वस्थ्यकर्मीको निगरानीमा पोषण युत्त खाना र उपचारपछी उनिहरुको स्वस्थ्यमा परिवर्तन आएको र १४ दिनमै तौलमा पनी राम्रो सुधार भएको रोसीकाकी आमा मनिताले बताइन ।

पुनस्थापना केन्द्रको बसाइ पछी फर्कीएकी मनिताका अनुसार पोषण पुनस्थापना केन्द्रमा गएपछी छोरीको स्वास्थ्यमा धेरै सुधार भयो’, उनले भनीन ‘तौल पनि बढ्दै गएको छ ।’ गृहमा गएपछी छोरीले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा पौष्टिक आहार, उपचार र हेरचाह पायो । उनका अनुसार गृहमा बच्चाको आमा र अन्य अभिभावकलाई पोषण शिक्षासमेत दिइन्छ । “आमाहरुलाई पौष्टिक आहार बनाउने र खुवाउने तरिका सिकाइने मनिताले बताइन ।

उदयपुरको ६ पालिकाको बिभिन्न वडामा काम गरीरहेको संस्थाले आफ्नो कार्यक्षेत्रको ५ बर्षमुनीको बालबालिकाको हरेक महिना तौल लिने र कुपोषित बालबालिकालाइ थप उपचारको लागी सगरमाथा अन्चाल अस्पताल राजबिराजको पोषण गृहमा पठाउने गरेको (हुरेण्डेक)का मात्रृ शिसु स्वास्थ्य तथा पोषण कार्यक्रमका कार्यक्रम संयोजक विकल सुवेदीले बताउनुभयो । उहाँका अनुसार गत बर्ष ११ जना कुपोषित बालबालिका पोषण गृहमा पठाइएको थियो भने यो बर्ष रोसीका र रेष्मा पहिलो दुइजना रहेको बताउनुभयो । गृहमा स्वास्थ्य कर्मीको निगरानीमा बालबालिकाको उपचार तथा पोषिलो खानेकुरा खुवाउने गरीन्छ ।

पोषण केन्द्रमा बच्चालाई पोषणको मात्रा पुग्ने गरी पौष्टिक खानेकुरा, भिटामिन लगायतका औषधिसमेत खुवाइन्छ । कुपोषणका कारण बच्चामा अन्य रोगको पनि सङ्क्रमण बढ्ने गर्छ । कुपोषण हुँदा बच्चा दुब्लाएर ख्याउटे हुने, आँखाभित्र गड्ने, हातखुट्टा राम्ररी नचल्ने, कपाल खैरो हुने, लामो समयसम्म निदाउने, बढी रुने, झगडा गर्नेजस्ता लक्षण देखीने संयोजक सुवेदीको भनाइ छ । यस्तै पोषणको कमीले बालबालिकाको मानसिक तथा शारीरिक वृद्धि, विकासमा नकारात्मक प्रभाव पर्ने उहाँको भनाइ छ् ।


आमालाई पोषणयुक्त खानेकुरा कसरी बनाउने यो गृहमा सिकाइन्छ । धेरै अभिभावकलाई बच्चामा कुपोषण भए–नभएको थाहा हुँदैन । बालरोग विशेषज्ञका अनुसार, पोषिलो खानेकुरा अभावमा हुने कुपोषणको प्रभाव शारीरिक र मानसिक दुवैमा देखिन्छ । अधिकांश अभिभावक बच्चाले खाना नखाने, धेरै रुने, सुत्ने, झगडा मात्र गर्ने गुनासो गर्छन् । त्यसो हुनुमा पनि कुपोषणले असर गरेको हुनसक्ने बालरोग विशेषज्ञहरुको भनाइ छ ।


मापदण्ड अनुसार शिशु जन्मदाको तौल २.५ देखि लिएर ३.४ केजी हुनुपर्छ । पहिलो ५ महिनामा जन्मदाको भन्दा दोब्बर १ वर्षमा तेब्बर तौल हुदा शिशु स्वास्थ्य छ भनेर बुझ्न सकिन्छ । त्यसैगरी शिशुको तौलमा दोस्रो, तेस्रो, चौथो र पाँचौ वर्षमा २–२ केजीका दरले थप हुँदै जानु पर्छ । उमेर अनुसारको तौल नभएको अवस्थालाई कम तौल वा कुपोषण भनिन्छ भने यसले स्वास्थ्यमा विभिन्न रोगहरु समेत निम्त्याउन सक्छ ।


आजभोली व्यस्त जीवन शैली, बजारमा पाइने विभिन्न तयारी खाने कुराको कारण कुपोषित हुनेको संख्या बढ्दै गएको छ । बालबालिकामा सामान्यतया ६ महिनादेखि १२ वर्षसम्मका बच्चालाई कुपोषण हुने सम्भावना हुन्छ  । ६ महिनादेखि दुई वर्षसम्मका बच्चा कुपोषणको अति जोखिममा हुने गर्दछ । यस्तै बालबालिकालाई कुपोषणबाट बचाउन गर्भवती अवस्था देखिनै आमाले आफ्नो खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

तसर्थ यस अवस्थामा क्याल्सियम, प्रोटिन, भिटामिन, मिनरल्स, कार्बोहाइड्रेड लगायत पोषणतत्वयुक्त खानेकुराको सेवन गर्न जरुरी  हुने स्वास्थ्य कार्यलय उदयपुरका खोप सुपरभाइजर चिरन्जीबी निरौलाले बताउनुभयो । कतिपय अभिभावकले कुपोषण भएको थाहा भएर पनि धेरैले कुपोसित बालबालिका गृहसम्म पुर्याउने नगरेको पाइन्छ । घरमा सबैथोक भए पनि बनाएर खुवाउन नजान्दा कुपोषण्को समस्या बढ्ने गरेको निरौलाको भनाइ छ  ।

हरेक अभिभावकले याद राख्नु पर्ने कुरा यही हो । मात्र आमाको दुध नै यस्तो खाद्य र पेय हो जुन शिशुका लागि शुरुवाती छ महिनामा अतिनै आवश्यक हुन्छ । छ महिनापछि शिशुलाई आमाको दुधका साथै स्वास्थ्य कर्मीको सल्लाहा अनुसार विभिन्न खाद्य पदार्थहरू नियमित मिलाएर खुवाएमा बच्चा शारीरीक र मानसिक रुपमा स्वस्थ हुन्छ ।



हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]