गर्भ जाँच गरेपनी सुत्केरी जाँच गराउदैनन आमाहरु

उदयपुर , भदौ ६
स्वास्थ्यको नियम अनुसार एउटा सुत्केरी महिला स्वास्य हुन र फेरी आमा बन्नको लागी सुत्केरी भएको १ हप्ता भित्रमा ३ पटक स्वास्थ्य जाँच गराउनु आबस्यक छ । तर गर्भ अबस्थामा ४ पटक सम्म स्वास्थ्य जाँच गराउने आमाहरुले सुत्केरी पश्चात भने सुत्केरी जाँच गराउनेको संख्या एकदमै न्युन रहेको पाइएको छ  ।

जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका खोप सुपरभाइजर चिरनजिबी निरौलाका अनुसार सुत्केरी भएको २४ घण्टा भित्र पहिलो स्वास्थ्य जाँच ३ दिनमा दोस्रो पटक स्वास्थ्य जाँच र ७ औं दिनमा तेस्रो तथा अन्तिम सुत्केरी जाँच गराउनु पर्ने हुन्छ तर यसको संख्या एकदमै न्युन रहेको उहाँको  भनाइ छ ।

निरौलाका अनुसार उदयपुरमा ६५ प्रतिशत गर्भवती आमाले स्वास्थ्य जाँच गराउने गर्छन भने चौथो तथा अन्तिम गर्भजाँच गर्नेको संख्या ४० प्रतिशत मात्र रहेको पाइएको छ । यस्तै सुत्केरी पस्चात जाँच गराउनेको आमा हरुको संख्या भने १५ प्रतिशत मात्र रहेको छ । त्यो पनी शहरमा मात्र जुन सुत्केरी आमाको लागी एकदमै महत्वपुर्ण जाँच रहेको मानिन्छ ।

स्वास्थ्य कार्यलय उदयपुरका अनुसार उदयपुरको हिसावमा हेर्ने हो भने भौगोलीक अबस्था , स्वास्थ्य कार्यलय टाढा हुनु  , परिवारको यसमा चासो नहुनु , चेतनाको कमीका कारण अझै पनी सुत्केरी जाँच गराउने आमाहरुको संख्यामा बृद्धि हुन सकेको छैन । सुत्केरी जाँच नगराउदा बच्चा तथा आमामा बिभिन्न संक्रमण हुन सक्ने , सुत्केरी अबस्थामा ४५ दिन सम्म रगत बगी रहने हुंदा रत्त अल्पता हुन सक्ने । मातृ मृत्यु दरलाइ वढावा दिन सक्ने भएकोले सुत्केरी अबस्थामा जाँच अनीबार्य रहेको छ ।

यस्तै मानब अधिकार तथा बाताबरण बिकास केन्द (हुरेण्डेक)का मात्रृ शिसु स्वास्थ्य तथा पोषण कार्यक्रमका अनुगमन तथा मुल्याङ्कन अधिकृत सुनिल वाग्लेका अनुसार हाल उदयपुरको ६ स्थानीय तहका पहाडी भेगका बिभिन्न वडामा मात्रृ शिसु स्वास्थ्य तथा पोषण कार्यक्रम संचालन गरी रहेको भएपनी सुत्केरी जाँचमा केही बाहेक अपेक्षा अनुसार सुधार आउन नसकेको बताउनुभयो ।

वल्डभिजन इन्टरनेस्नलको सहयोगमा मानब अधिकार तथा बताबरण बिकास केन्द (हुरेण्डेक) उदयपुरले संचालन गरेको मात्रृ शिसु स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत उदयपुरको ६ वटा स्थानीय तहको बिभिन्न वडामा संचालन गरेको यो कार्यक्रमाको आर्थीक बर्षको अन्तमा गरीएको एक सर्वेक्षणले पनी गर्भवती अबस्थामा नियमित स्वास्थ्य जाँच गराएपनी सुत्केरी भएपछी गरीने सुत्केरी जाँच गराउनेको आमाहरुको संख्या भने न्युन रहेको देखाएको छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]