कुपोषणबाट बचाउन चौदण्डीगढी ६ का सुत्केरी आमालाइ ५ हजार

बेल्टार , असोज १४
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ ले सुत्केरी आमाहरुलाई नगद ५ हजार सहित सम्मान गर्ने जनाएको छ । सुत्केरी आमा र गर्भवति महिलाहरुलाई सचेतना सन्देशसँगै उनीहरुको स्वास्थ्यको निगरानी गर्नु पर्ने हुन्छ । जसको लागी आमा र शिशु दुबैको स्वास्थ्यलाई ख्याल गर्दै कुपोषणबाट बच्न÷बचाउनको लागी खानपानमा सघाउ पुगोस भन्ने उदेस्यले उक्त कार्यक्रम अघि सारिएको वडा अध्यक्ष कमलध्वज राइले बताउनुभयो ।

 राइका अनुसार प्रोत्साहन स्वरुप प्रत्येक सुत्केरी आमालाई वडाको तर्फबाट ५ हजार नगद उपलब्ध गराईने छ । जसको उद्देश्य चाहेअनुसारको पोषिलो खानेकुरा सुत्केरी आमाले खरिद गरेर खानसकोस् भन्ने रहेको बताइएको छ  । यस्तै कार्यक्रमलाइ अझ प्रभावकारी बनाउन वडाको प्रत्येक टोल बिकास संस्थाबाट एक÷एक जना महिलालाई स्वास्थ्य स्वंयम सेवकको तालिम दिई त्यसैमा नियुक्ति गरिने वडाअध्यक्ष राईले बताउनुभयो ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]