लघुकथा:बुधनीको संघ्रश


टंकबहादुर आलेमगर

'माई भूख लाग्यो |'मध्यरात काखको छोरो बोल्छ |
छोट्का ढकी मे खिरा छ , खाऊ |
खस्राक खुस्रुक पछि खर्याऊ खर्याऊ आवाजले विरुद्ध गर्छ त्यो संकीर्ण कोठा र परिस्थितिको |


लोग्ने वैशको सुभासमा सौता लिएर हिडे पछि जीविका घिसार्न सब्जी बेच्न थालिकी थिइ बाँसको ढाकीमा लिएर |

तर नगरपालिकाले अर्कै ठाउँमा सब्जी बजारको व्यवस्थापन गरे पछि अर्को बज्र लाग्यो बुधनीलाई | तीन दिन भो सब्जी नबिकेको | चामल छैन , उधारो माग्दा अर्कै आँखाले उसको सिंगो शरीरलाई अनुशन्धान गर्छ साहु|

आज आँट कसेर बसी सडकको छेऊ | गुरुम्ब छोपे रैथाने ग्राहकले हरियो साग देखे पछि | किलो दुएक बेच्न के भियाकी थी जुरेचीलले झैँ छोप्यो नगरपालिकाका व्यवस्थापकले | बुधनीको अनुनय निम्छरो परयो हैकमी संस्कारको अगाडि | साग ,ढक,तराजु , थोत्रा बोरा र सब्जी सहित गाडीमा खाँदारियो | एउटा पर्ची दिदै स्वर बजारिन्छ ' जरिवाना सहित कर्यालय |

झसँग हुन्छे जेठो छोराको चित्कारले ' भात खाने माई | '
' ढकियामा बन्दा छ त्यै खाऊ | '
फेरि सरयाक स्रुक पछि अध्यारो परिस्थितिको विरुद्ध सुनिन्छ 'करम ! करम!! करम !!!

त्रियुगानगरपालिका - 11
उदयपुर , गाइघाट