त्रिजव क्याम्पसमा रचना वाचन कार्यक्रम

इश्वर बलम्पाकी मगर
गाइाघाट , जेठ ६
श्ुाक्रबार त्रियुगा जनता बहुमुखी क्याम्पस मोतीगडा उदयपुरमा रचना वाचन प्रतियोगीता सम्पन्न भएको छ । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतीगडाको हलमा आदिम साहित्य समाज उदयपुरको अयोजना तथा क्याम्पस प्रमुख रमेश रोक्काको प्रमुख आथित्यमा भएको उत्त बाचन कार्यक्रममा एक दर्जन भन्दा धेरैले कविता , गजल , मुत्तक बाचन गरेका थिय ।

कार्यक्रममा क्याम्पसका दर्जन भन्दा धेरै विद्यार्थीले प्रतिस्पर्दामा भाग लिएका थिय भने उपस्थित अथिती  साहित्यकारहरु गोठकृष्ण ठकुरी , गोपाल कृती , टंक आले लगाएतले आफ्ना रचना बाचन समेत गरेका थिय ।

बाचन प्रतियोगीतामा भागलिएका प्रतियोगी मध्यबाट विनिता राया तेस्रो , एस्तर तामाङ्ग दोस्रो र विक्रम पाण्डे पहिलो भएका थियो विजेता तिनै जनालाइ पुरस्कार समेत प्रदान गरीएको थियो ।

यस्तै कार्यक्रममा साहित्यिक पत्रकार संघका केन्द्रिय सदस्य माधव गोज्याङ्गे्र , लेखक राममणि पोखरेल सहायक क्याम्पस प्रमुख रविन्द्रराज शाही , पत्रकार महासँघ उदयपुर शाखाका उपाध्यक्ष भोटराज राइ लगाएतले शुभकामना राख्नुभएको थियो ।

आदिम साहित्य समाज उदयपुरका अध्यक्ष मार्मिक रोशनको अध्यक्षतामा भएको उत्त कार्यक्रमको मुल्याङ्कन प्राध्यापक टिका राउत , टंक आले र माधव गोज्याङ्ग्रेले गरेका थिय ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]