५ बिद्यालयका २४० बिद्यार्थीलाइ न्यानो कपडा

बेल्टार , पुस १३
उदयपुरको चौदण्डीगढी नगरपालिका भित्र रहेको आधादर्जन सामुदायिक बिद्यालयमा न्यानो कपडा बितरण गरिएको छ । दिनहुँ बढ्दै गएको चिसोको कारण विद्यार्थीहरुमा प्रतिकुल असर परेको भन्दै चौदण्डीगढी नगरपालिका वडा नम्बर २ को आयोजनामा सो कपडा बितरण गरिएको हो ।

आर्थिक वर्ष २०७६÷७७ मा बालबालिका शिर्षकमा बिन्योजित बजेटबाट आफ्नो वडाभित्र रहेको ५ बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडाको रुपमा स्वीटर बितरण गरिएको वडाअध्यक्ष सन्तोष सुबेदी ‘बलिदान’ले बताए । वडाअध्यक्ष सुबेदीका अनुसार हरेक विद्यालयमा अध्ययनरत अत्ति बिपन्न अवस्थाका  विद्यार्थीलाई छनोट गरी स्वीटर बितरण गरिएको थियो ।

स्वीटर बितरण कौवैदेवी निम्न माध्यमिक बिद्यालय झोडापाटा, सिंहदेवी माध्यमिक विद्यालय, शिद्धकाली प्राथामिक बिद्यालय भित्ते, बुद्धजनता प्राथामिक बिद्यालय गंगटे, रक्तमाला प्राथामिक बिद्यालय र कोकनदेवी प्राथामिक बिद्यालयका २ सय ४० जना विद्यार्थीलाई गरिएको थियो ।

जसमा हरेक विद्यालयको १ देखि ५ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरिएको वडा सचिब नैनबहादुर खड्काले बताए । वडासचिब खड्काका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा बालबालिका शिर्षकमा बिन्योजित कुल ५० हजार रुपैयाबाट स्वीटर बितरण गरिएको हो ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]