५६ बुदे त्रियुगा घोषणा पत्र जारी गर्दै सकियो नगरस्तरीय शैक्षिक सम्मेलन

उदयपुर , पुस १३
उदयपुरको त्रियुगा नगरपालिकामा जारी त्रियुगा नगरस्तरीय शैक्षिक सम्मेलन २०७६ शनिबार ५६ बुदे “त्रियुगा शैक्षिक घोषणा पत्र जारी गर्दै सकिएको छ । त्रियुगा नगरपालिका ९ को अम्वेवर जनता मा.वि. राजावासमा जारी सम्मेलनले शैक्षिक क्षेत्र सुधारका लागी ५६ बुदे घोषणा पत्र जारी गर्दै समापन भएकोे हो ।


पुस ११ र १२ गते भएको सम्मेलनले तयार पारेको ५६ बुदे घोषाणा पत्र १ न. प्रदेशका सामाजिक विकास मन्त्रि जिवन घिमिरेले जारी गर्नु भएको हो । कार्यक्रममा नगर भित्रका नगर कार्यपालिका सदस्यहरु, विद्यालयका प्रअ, शिक्षक, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष, अभिभावक संघका अध्यक्ष, सरोकारवाला, विज्ञहरुको सहभागीता रहेको थियो ।


भेलाले सामुदायीक विद्यालयको सवलिकरण र शैक्षिक गुणस्तर वृद्धिको लागी  बिद्यालयको हाता भित्र मोवाइल फोन , जङ्कफुड मुक्त,  बिद्यालयमा बाल क्लब गठन , सुचना प्रबिधि सहितको शिक्षण सिकाइ ,शैक्षिक बुलेटिन प्रकाशन गर्ने, सामुदायिक र संस्थागत बिद्यालयकोे सहकार्य गरी शैक्षिक गुणस्तर सुधार गर्ने ,राज्य कोषबाट सेवालिने राजनितिक दलका अगुवा , शिक्षक , कर्मचारी , जनप्रतिनिधिका बाल बच्चा सामुदायिक बिद्यालयमा भर्ना गर्ने कार्यको  बिकास गर्ने लगाएतका रहेको छन ।


यस्तै प्रत्येक बिद्यालयमा प्राथमिक उपचार तथा बिपद ब्यबस्थापन सामाग्रीको ब्यबस्थापन गर्ने रहेको छ । यस्तै कार्यक्रममा बोल्दैे त्रियुगा नगरपालिकाका सामाजिक समितिका संयोजक तथा १६ न. वडाका वडाध्यक्ष मानबहादुर राईले सामुदायीक विद्यालय किन विद्यार्थीको रोजाईमा पर्न छाडेको कारण पहिचान गरी समाधानका उपायदेखी  बालबालिकालाइ आकर्षण गर्ने कुरा तथा अभिभावकको जिम्मेबारीका कुरासमेत घोषणा पत्रले समेटेको बताउनुभयो ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीले स्वास्थ्य, शिक्षा र उद्यमशिलताका लागि नगरले बिभिन्न कार्यक्रमहरु गरीरहेको बताउदै  शिक्षित नगर बनाउनको लागि अवको विद्यालयमा आमावुवा समेतले पढ्न पाउने वातावरण निर्माण सिर्जना गर्ने बताउनुभयो ।




हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]