त्रिनपा १६ का जेष्ट नागरीकलाइ सम्मान तथा अपाङ्गता भएकालाइ न्यानो कपडा बितरण

इश्वर बलम्पाकी
उदयपुर , माघ ४

त्रियुगा नगरपालिका वडा न. १६ का ४५ जना जेष्ट नागरीकलाइ बिहिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरीएको छ । वडा कार्यलय जाल्पाचिलाउनेको आयोजनामा वडा भवन चिलाउनेमा भएको उत्त सम्मान कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीले जेष्ट नागरीकलाइ न्यानो कपडा बितरण सहीत सम्मान गरेको हो ।

 

यस्तै सोही वडाका ६० जना बालबालिकालाइ छात्रवृति समेत बितरण गरीएको छ । त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीको प्रमुख आथित्यमा भएको उत्त कार्यक्रममा वडा स्तरीय बाल क्लब संजालले छनौट गरेका कक्षा ८ ,९ र १० मा अध्यनरत ३० जना छात्र छात्रालाइ १५०० , कक्षा ११ र १२ मा प्राबिधिक बिषयमा अध्यनरत ८ जना छात्र छात्रालाइ ५००० र कक्षा १ देखी ७ सम्म अध्यनरत २२ जना छात्र छात्रालाइ १००० का दरले छात्रवृती बितरण गरीएको हो ।

 

यसैगरी सोही वडामा रहेका १९ जना पुरुष र ११ जना अपाङ्गता भएका महिला गरी ३० जना अपाङ्गता भएका ब्यत्तिहरुलाइ समेत न्यानो कपडा बितरण गरीएको वडा कार्यलयले जनाएको छ ।

 

नेकपा प्रदेश कमिटिका सदस्य राजकुमार राइ ,नगर सल्लाहाकार तथा युवा नेता परमेश्वर घिमिरेको उपस्थितिमा भएको उत्त कार्यक्रम वडा अध्यक्ष मान बहादुर राइको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तब्य वडा सदस्य तथा नगर कार्यपालिकाका सदस्य गोमा कार्कीले राख्नु भएको थियो भने कार्यक्रम संचालन भुवन दाहालले गर्नुभएको थियो ।

 

यस्तै सोही वडाको सिर्वानीमा रहेको आधारभुत बिद्यालय सिर्वानीमा अध्यनरत सम्पुर्ण छात्र छात्रालाइ स्वीटर बितरण गरीएको बिद्यालयले जनाएको छ ।