गर्मीका कारण त्रियुगा नगरपालिका भित्रका शैक्षिक संस्था तीन दिन बिदा

गाइघाट , असार ११
अत्याधिक गर्मीका बढेको कारण उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका शैक्षिक संस्थाहरु तीन दिनका लागि बिदा दिने निर्णय गरीएको गरिएको छ । सोमबार बसेको त्रियुगा नगर कार्यपालिकाको बैठकले बुधबारदेखि लागु हुने गरी तीन दिनका लागि शैक्षिक संस्थाहरु बिदा दिने निर्णइ गरेको हो ।

पछिल्लो एक हप्ता तापक्रम बढेसँगै बालबालिकाहरु बिद्यालयमै बेहोस हुन थालेपछि बालबालिकाको समस्यालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए । एक हप्ता यता ४४ डिग्रिसम्म तापक्रम बढेपछि बिद्यार्थीहरु बिद्यालयमै वेहोस हुन थालेका थिए । नगरपालिकाको शिक्षा ईकाइले कार्यपालिकाको बिदा दिने निर्णय कार्यान्वयन गर्न गराउन मंगलबार सूचना नै जारी गरेको छ ।