एसइइमा उत्कृष्ट नतिजा ल्याउने प्याराडाइज स्कुल प्रदेश सरकारबाट पुरस्कृत

उदयपुर , भदौ २३
२०७५ सालको एसइइ परिक्षामा उदयपुर जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने प्याराडाइज सेकेण्डरी स्कुल संगमटोल गाइघाटलाइ प्रदेश न. १ सरकारले पुरस्कृत गरेको छ । एसइइ परिक्षामा निजि बिद्यालय मध्यबाट उदयपुरमै उत्कृष्ट नतिजा ल्याउन सफल प्याराडाइज सेकेण्डरी स्कुल र सामुदायिक बिद्यालय तर्फ उत्कृष्ट नतिजा ल्याउने त्रियुगा उच्च मा.वि गाइघाटलाइ सामाजिक बिकास मन्त्रालय प्रदेश न. १ ले नगद सहित सम्मान गरेको हो ।

एसइइ परिक्षामा २०७३ सालदेखी उदयपुरमै उत्कृष्ट नतिजा ल्याउन सफल प्याराडाइज सेकेण्डरी स्कुलले २०७४ सालमा पुर्वाञ्चलमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । सामाजिक बिकास मन्त्रालय प्रदेश न. १ ले यसै बर्षबाट सुरु गरेको पुरस्कार बितरणमा उदयपुरबाट निजि बिद्यालयहरु मध्यबाट जिल्लाकै उत्कृष्ट नतिजा ल्याउनेमा प्याराडाइज पर्न सफल भएको हो ।

आइतबार  ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सामाजिक बिकास मन्त्रालय प्रदेश न.१ को आयोजनामा बिराटनगरमा भएको कार्यक्रममा प्रदेश न.१ का माननिय मुख्य मन्त्रि शेरधन राइले नगद १ लाख सहित प्याराडाइजलाइ सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

प्रदेश सरकारबाट विद्यालय पुरस्कृत भए संगै अभिभाबक संघका अध्यक्ष प्रकाश कुमार बस्नेतले यो सफलता शिक्षक, अभिभावक, विद्यार्थी सुभचिन्तककै कारण प्राप्त गर्न सफल भएको भन्दै  सबैमा आभार प्रकट गर्दै आगामी समयमा अझ शैक्षिक गुणस्तर बढाएर लैजान लागी परीरहेको बताउनुभयो  ।

यस्तै सामुदायिक बिद्यालय तर्फ उदयपुरमै उत्कृष्ट नतिजा ल्याउन  सफल त्रियुगा उच्च मावि गाइघाटलाइ नगद २ लाख सहित सम्मान गरीएको छ । प्रदेश सरकारले यो बर्ष  १ नम्बर प्रदेशका १४ सामुदायीक बिद्यालय , १४ वाल विकास र १४ निजि विद्यालयलाई पुरस्कृत गरेको छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]