उदयपुरमा बलात्कारका घट्ना भयाभह बन्दै

उदयपुर , पुस १६

 उदयपुरमा बलात्कारका घट्ना भयाभह बन्दै गएको एक तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरले पुस १५ गते आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा हिंसा घट्नु पर्नेमा अझ बढ्दै गएको तथ्यांक प्रस्तुत गरेको हो ।  जिल्ला प्रतिनिधि भरत खड्काले प्रस्तुन गर्नु भएको तथ्यांकअनुसार २०७५ पुस १६ देखि ०७६ पुस १५ गतेसम्मको एक बर्षमा एक सय तीन वटा घटना रहेका छन् । त्यसमध्ये ५३ वटा घटना बलात्कारसँग सम्बन्धित रहेको छ । बलात्कार भित्र पनि सबै भन्दा बढि बालबालिकासँग सम्बन्धित ३० वटा रहेको तथ्यांकले देखाएको छ ।

घटनामध्ये गैरन्यायिक हत्या ११, बालिका बलात्कारमा ३० वटा, महिला बलात्कार तथा प्रयासमा २३ वटा, घरेलु हिंसा १३ ओटा, वहुविवाह १७ वटा, नाताकायम १, बालविवाह तथा बालवहुविवाह ३, बालबालिका कुटपिट १, मानव ओसारपसार १ र बिप्लव समुहको वम विस्फोट÷बिस्फोटक पदार्थ ३ गरी जम्मा एक सय तीन वटा रहेका छन् ।  यसमध्ये बालबालिका बलात्कार १३ वटा मुद्दा फैसला भएकोमा दुई जनाले सफाई पाए, महिला बलात्कार घटनाका १२ वटा फैसलामध्ये सात जनाले सफाई पाएकाछन् ।

घरेलु हिंसाका १३ वटा मध्ये तीन वटा मिलापत्र भए, वहुविवाहका नौँ वटा मुद्दा फैसला भएकोमा तीन मुद्दामा सफाई पाए, बालिका कुटपिट र नाताकायम दुई मुद्दा मिलापत्र गरिएको तथ्यांकले देखाएको छ ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेसनम्बर १ सांसद अम्बिका थापाले अबको मानवअधिकारको मुद्दा सुशासन, पारदर्शिता, जवाफदेहिता हुनु पर्ने बताउनुभयो । उहाँले इन्सेकका दस्तावेजकाकारण विगतमा भएका जघन्य अपराधका घटनाका दोषिलाई कारवाही गर्न सहज भएको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्राईले अपराध घटनाका पीडित पक्षलाई क्षतिपुर्ति पाउनु पर्ने सवाल अवको मानवअधिकारको मुद्दा बनाउनु पर्ने सुझाब दिनुभयो । उहाँले मानवअधिकार उल्लंंघनका दोषि विश्वको कुनै पनि देशका सहरमा लुकेर बस्न नसक्ने बताउँदै मानवअधिकारसँग जोडिएका घटनालाई सम्बेदनशिलकोरुपमा लिनु पर्ने बताउनुभयो ।

 जिल्ला प्रहरी कार्यालयका एसपी बिरबहादुर बुढामगरले मानव अधिकार संरक्षण र सम्र्बद्धन गर्न प्रहरी संगठन कटिबद्ध रहेको बताउनुभयो । उहाँले सामाजिक बिखण्डनका घटनालाई मानवअधिकारको बिषय बस्तु बनाउनु पर्ने सुझाब दिनुभयो । उहाँले बलात्कार जस्ता जघन्य अपराधलाई सकेसम्म गाउँघरमा नै मिलाउने प्रयास गर्नु कानुनी कारवाहीका लागि गर्नु मुख्य चुनौती भएको बताउनुभयो ।  जिल्ला अदालतका स्रेस्तेदार राजकुमार आचार्यले नागरिकलाई सचेत र जिम्वेवार बनाउन सके त्यति नै मानव अधिकार उल्लंघनका घटना वाहिर आउने र न्युनिकरणमासमेत सहज हुने बताउनुभयो । अदालतले मुद्दा किनारा लगाउँदा प्रमाणलाई मुख्य आधार बनाउने भएकाले मानवअधिकारसँग जोडिएका घटनालाई प्रमाणमा सहयोग पुर्याईदिन आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ प्रदेश १ का सचिब हरिकुमार राईले मानवअधिकार उल्लंघन हुनुमा शक्तिको दुरुपयोगले पनि साथ दिएको बताउनुभयो । उहाँले मानवअधिकारसँग सम्बन्धित घटना बढ्नु भनेको लोकतन्त्र, गणतन्त्र नै कमजोर बन्नु भएकाले सतहीबाट मात्र नभई गहिराईमा पुगेर विश्लेषण गर्नु पर्ने बेला आएको बताउनुभयो ।  गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य महेश्वरी राईले सामाजिक विभेद, चेतना, पुरातन सोच, अन्धविश्वास कायम रहँदा र राजनीतिक स्थायीत्व नहुँदा मानवअधिकार उल्लंघनका घटनाले प्रसय पाएको बताउनुभयो । उहाँले इन्सेकले तयार पार्ने बर्ष पुस्तक विश्वकै उत्कृष्ट दस्तावेज भएकाले इन्सेका अवको मुद्दा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हुनु पर्नेमा जोड दिनुभयो ।

मानव अधिकार संजाल उदयपुरका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष भरत खड्काले मानवअधिकारका बिषय बस्तुमा नागरिकको चासो बढे मात्र दण्डहिनता न्युनिकरण हुने बताउनुभयो । उहाँले मानवअधिकारका सवाल समय, परिस्थिति अनुसार परिवर्तन हुँदै जाने भएकाले यस प्रति नागरिकलाई जिम्वेवार बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।  कार्यक्रममा अन्य सहभागिहरुले मानवअधिकारको क्षेत्रमा इन्सेकको बर्ष पुस्तक आधिकारिक दस्तावेज भएको बताए । उनीहरुले इन्सेकले तयार पार्ने अभिलेखमा महिला मात्र हिंसामा नभई पुरुषमाथि भएका हिंसालाईसमेत समेटनु पर्ने सुझाब दिए । सहभागिहरुले बर्षपुस्तकमा समेटिने घटना अदालत प्रशासन मात्र नभई गाउँघरमा हुने घटना र विकास निर्माणमासमेत जोडनु पर्ने धारणा व्यक्त गरे ।               

 

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]