वडा न. १६ बासीलाइ निशुल्क १५ सय सिम ,४४ घरलाइ सोलार बितरण गर्दै जनता संग मेयर कार्यक्रम समापन

उदयपुर , बैशाख २९
त्रियुगा नगरपालिका उदयपुरले गत बैशाख १३ गते बाट वडा न. १ देखी सुरु गरेको जनता संग मेयर कार्यक्रम अन्तर्गत शनिबार वडा न. १६ मा पुर्याइ कार्यक्रम समापन गरेको छ । प्रत्येक वडामा १ दिन आयोजना गरीएको शिबिरमा त्रियुगा नगरपालिका भरीका १६ वडाहरु मध्य १४ वडाहरुमा बिभिन्न कार्यक्रम गरी समापन गरेको त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अबुद चौधरीले जानकारी दिनुभयो ।
चौधरीका अनुसर त्रियुगा नगरपालिका वडा न . ८ र वडा न ९ मा हालै केही दिन अगाडी मात्र स्वास्थ्य शिबिर संचालन भएकोले केही दिन पछी जनता संग मेयर कार्यक्रम अन्तर्गतको शिबिर संचालन हुने गरी हाललाइ शिविर समापन गरीएको बताउनुभयो ।


वडा न. १ देखी सुरु भएको सिविरमा स्वास्थ्य शिविर, विद्यार्थी भर्ना अभियान, निःशूल्क बैँक खाता खोल्ने , निशुल्क नमस्ते मोवाइको सिम बितरण , कुपोसित बालबालिकाहरुलाइ निशुल्क सर्वोतम बिठो बितरण , सोलार बितरण लगाएतको कार्यक्रम हरु रहेको थियो ।


कार्यक्रमको शनिबार त्रियुगा नगरपालिका वडा न. १६ का स्थानीयलाइ निशुल्क सिम बितरण , बिपन्न तथा बिद्युत बिस्तार हुन नसकेको वडाको दुर्गम बस्तिका स्थानियलाइ सोलार बितरण साथै त्रियुगा नगरपालिका वडा न. १६ को उज्यालो अभियान अन्र्तगत स्विच अन गरी बत्ति बालेर उत्घाटन गर्दे त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीले समापन गर्नुभयो ।


समापन कार्यक्रममा बोल्दै मेयर चौधरीले जनता संग मेयर कार्यक्रम सफल रहेको बताउनुभयो । चौधरीका अनुसार प्रत्येक वडामा नागरीकको सक्रिय सहभागीता रहेको बताउदै यस शिबिरबाट जनताले धेरै सेवा सुबिधा लिएको बताउनुभयो , यस्तै मेयर चौधरीले जनताका गुनासो प्रत्येक वडाको बिभिन्न मुख्य मुख्य स्थानमा पुगी सुन्नुभएको छ । जुन गुनासोको समाधान गर्न आफु प्रतिबद्ध रहेको मेयर चौधरीले बताउनुभयो ।


यस्तै मेयर चौधरीले यो कार्यक्रम आफु प्रत्येक वडामा संग संगै हिनेकोले यस बाट धेरै कुरा सिकाइ भएको भन्दै अर्को आर्थिक बर्षको कार्यक्रममा अझ सेवा सुबिधा थप गरी जनता संग मेयर कार्यक्रम आउने बताउनुभयो जसरमा आंखाको अपरेसन र नगरपालिका भित्रका फुस्को छाना भएको नागरीकलाइ जस्तापाताको बितरण , कृर्षि पकेठ वडा घोषणा गर्ने लगाएतको कार्यक्रमको बयबस्था गर्ने गरी तयारी गरीरहेको बताउनुभयो ।


कार्यक्रममा बोल्दै नियुगा नगरपालिकाका संल्लाहाकार तथा नेकपा उदयपुरका युवा नेता परमेश्वर मिघिरेले बामपन्थि सरकार सधैभर जनताको गुनासो सुन्न र जनतालाइ सुखि र खुसी राख्न लागी परिरहेको बताउदैं जनता संग मेयर कार्यक्रम उएटा उदाहारण भएको बताउनुभयो ।यस्तै घिमिरेले यस आर्थिब बर्षमा बृुद्धभत्त समेत बढाउने सरकारले तयारी गरीरहेको बताउनुभयो ।


यस्तै सोही वडाका वडा अध्यक्ष मान बहादुर राइले वडा न. १६ बासीलाइ समृद र सुखी राख्न आफु दिन रात लागी परीरहेको बताउनुभयो यसैको फल स्वारुप भर्खरै नमस्ते मोवाइलको टावर सन्चालनमा ल्याउन सफल भएको बताउनुभयो । जसले भौगोलीक रुपमा बिकट र टाढा टाढा भएपनी अब वडा बासीलाइ मोबाइल फोनले नजिक जोडेको भन्दे खुसि ब्यत्त गर्नुभयो ।