त्रिनपा १६ को उज्यालो अभियान ,सम्पुर्ण बस्तिमा बिद्युत बिस्तार नगर प्रमुख द्धरा उत्घाट तथा निशुल्क सोलार बितरण

गाइघाट , बैशाख २९
त्रियुगा नगरपालिका वडा न.१६ जाल्पा चिलाउनेको उज्यालो अभियान अन्तरर्गत वडाको सम्पुर्ण बस्तिमा बिद्युत बिस्तारको काम सकिएको छ । वडाले आर्थिक बर्ष २०७५ ÷ ०७६ लाइ बिद्युत बर्ष लिए बमोजिम वडाको बिकट बस्ती बाहेक सम्पुर्ण स्थानमा बिद्युत बिस्ताको काम अन्तिम चरणमा पुर्याएको वडा अध्यक्ष मान बहादुर राइले बताउनुभयो ।


आध्यक्ष राइका अनुसार वडाको आहाले , सिंदाली , सिम्ले , कर्कले , जिराइत , फोक्सिन्टार , सिध्रे , जाँते लगाएको बस्तिहरुमा बिद्युत बिस्तारको काम सकिएको छ भने हाल वाइरिङको काम धमाधम भइरहेको अध्यक्ष राइले बताउनुभयो ।


यसैबिच वडाको सम्पुर्ण स्थानमा बिद्युत बिस्तार भएपछी शनीबार त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीले वडाको उज्यालो अभियानको स्विच अन गरी बत्ति बालेर उत्घाटन गर्नुभयो । उत्घाटन संगै मेयर चौधरीले हाल बिद्युत बिस्तार हुन नसकेको वडाको दुर्गम स्थानमा रहेको ४४ घरधुरीलाइ “जनता संग मेयर कार्यक्रम” अत्तर्गत निशुल्क सोलार बितरण गर्नुभएको छ ।


“जनता संग मेयर कार्यक्रम” अन्तर्गत बैशाख १३ गते बाट त्रियुगा नगरपालिकाले वडा न. १ देखी सुरु गरेको जनतासँग मेयर कार्यक्रम शनिबार वडा न. १६ मा पुगी समापन गरेको छ । कार्यक्रममा स्वास्थ्य शिविर, विद्यार्थी भर्ना अभियान, निःशूल्क बैँक खाता खोल्ने , निशुल्क नमस्ते मोवाइको सिम बितरण , कुपोसित बालबालिकाहरुलाइ निशुल्क सर्वोतम बिठो बितरण लगाएतको कार्यक्रम रहेको थियो ।