खडेरीको मारमा कृषक/सिंचाइको लागी नेस्पेकको सहयोगमा पानी ट्याङ्की

इश्वर बलम्पाकी
उदयपुर , असार २५
उदयपुरको पहाडी भेगका किषान पानी नपर्दा मारमा परेका छन । जिल्लाको कटारी नगरपालिका र ताप्लि गाउँपालिकाको पहाडी भेगमा ब्यबसायीक रुपमा कृर्षि पेसा गर्ने कृहकरु पानी नपार्दा पानीको मुहान सुन्न थालेपछी मारमा परेका हुन ।

ब्यबसायीक रुपमा तरकारी खेती गर्दै आउनुभएका कटारी नगरपालिका वडा न ८  का भोज कुमार कार्की बर्षातको समय सुरु भइ सक्दा पनी पानी नपार्दा पानीको मुहान सुक्न थालेको बताउनु हुन्छ । तरकारी खेती गर्दै आउनुभएका कार्की पानीको मुहान सुक्दा गत बर्षको तुलनामा यो बर्ष तरकारी खेलीबाट आम्दामी लिन नसकेको बताउनुहुन्छ ।

कार्कीले गत बर्ष २ लाख माथी आम्दामी गरेकोमा यो बर्ष ५० हजार कटाउन पनी मुस्किल भएको बताउनुहुन्छ । खानेपालीको लागी समेत जोहो गर्न मुस्किल रहेको कार्कीको गाउँका कृषकलाइ मध्य नजर गर्दै नस्पेकले थोपा सिंचाइ प्रबिधि र टनेल प्रदान गरेको छ । हाल उहाँले थोपा सिचाइ मार्फत तरकारी खेती गर्र्दै आउनुभएको थियो ।

भोज कुमारले हाल आफ्नो घरमुनीको करीब ५ रोपनी पाखे बारीमा बिभिन्न जातको तरकारी खेती गर्दै आइ रहनुभएको छ । कार्की लगाएतका कृषकहरु मिली कृषक समुह पनी गाउँमा गठन गरेका छन  । उहाँ भन्नुहुन्छ  समुहका आन्य किसान पनी सिंचाइको अभावमा यो बर्ष राम्रो आन्दामी लिन सकेन ।

हाल त्यस गाउँमा मेहनती कृषक समुह नाम गरी कृषक समुह गठन गरीएको छ । तर प्रयास्त पानीको अभाबमा कृषकहरुले सोचे जती फाइदा भने  लिन सकेका छैनन । बर्षात नभएको कारण यो बर्ष पानीको मुहान सुक्न थाल्दा यसको असर किसानमा देखीएको छ ।

पानी नपरेकै कारण यस भेगका अन्यबाली समेत सुकेको छ । समयमा पानी नपर्दा मकैको बिरुवा उत्पादननै नहुने गरी सुक्न थालेको छ  । जसका कारण स्थानीय चिन्तीत बनेका छन खडेरीका कारण यस भेगका रुख बिरुवा समेत मर्न थालेको स्थानीयहरुको भनाइ छ । स्थानीय भिम  बहादुर खड्काका अनुसार गएको बर्षको तुलनामा यो बर्ष पानी नपरेकोे बताउछन ।

सिचाइको लागी नेस्पेकको सहयोगमा पानी ट्याङ्की
ब्यबसायीक खेती गरीरहेको कृषकलाइ मध्यनजर गर्दै नेस्पेक उदयपुरले वल्डभिजन इन्टरनेस्नलको सहयोगमा सिंचाइको लागी पानी ट्याङ्की निर्माणमा सहयोग गरको छ । सो क्षेत्रका रहेका दश घर कृषकलाइ मध्यनजर गर्दै पानी ट्याङ्की निर्माण गर्न लागीएको नेस्पेक उदयपुरका कार्यक्रम संयोजक नरेशमोहन तामाङले बताउनुभयो ।
 
संस्थाको २ लाख सहयोगमा निर्माण भइ रहेको ट्याङ्की निर्माण सम्पन्न हुंदा सो क्षेत्रको १० घर कृषकले राम्रो फाइदा लिन सक्ने संयोजक तामाङको भनाइ छ । उहाँका अनुसार सो क्षेत्रमा पानीको मुहान नभएको कारण हाल निर्माणधिन ट्याङ्कीमा २४सै घण्टा पानी जम्मा गर्ने र दैनिक समय तालीका बनाएर पानीको सही सदुपयोग हुने  गरी पानी खोल्ने हो भने यस ट्याङ्कीमा जम्मा भएको पानी बाट पनी कृषकले राम्रो फाइदा लिन सक्ने बताउनुभयो ।