उदयपुरको ४ स्थानीय तहको सिकाई अभ्यास कार्यशाला सम्पन्न


गाइघाट , पुस २८
उदयपुरको रौतामाइ गाउँपालिका वडा न.७ मुर्कुचीमा संचालन भएको स्थानीय कानुन तर्जूमा तथा सभा संचालन सिकाई अभ्यास कार्यशाला सम्पन्न भएको छ । पुस २६ र २७ गते भएको दुइदिने सिकाइ अभ्यास कार्यशाला स्थानीय सरकार संचालन गर्नका लागि आवश्यक कानुन निर्माण गर्न, सभा संचालन लगायतका सिकाई र अभ्यासको लागि आयोजना गरीएको रौतामाइ गाउँपालिका उदयपुरका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताउनुभयो ।

कार्यशालको समापनमा बोल्दै त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीले निती भन्दा माथी कोही नभएको भन्दै वडा सदस्य देखी लिएर सम्पुर्ण जनप्रतिनिधिले कानुनको ज्ञान राख्नु पर्ने बताउनुभयो । जनप्रतिधिले कुनैपनी काम कानुन विपरीत गर्ने तर अन्जानमा भएको भनेर छुट कसैलाइ नहुने बताउनुभयो ।  यस्तै चौधरीले  आम नागरीकले जनप्रतिनिधी प्रति धेरै आशा अपेक्षा गरेपनी नितिले बांधेको हुदा सबैका अपेक्षा अनुसार काम गर्न नसकीएको बताउनुभयो ।

यस्तै उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मान बहादुर केप्छाकी मगरले दुइदिने कार्यशाला गोष्टिबाट कानुन तर्जुमा तथा सभा संचालन सम्बन्धि धेरै सिकाइ भएको भन्दै आगामी समयमा सोही अनुसार अघी बढ्ने बताउनुभयो । कार्यक्रम रौतामाई, ताप्लि, लिम्चुङ्बुङ र उदयपुरगढी गाउँपालिकाको आयोजनामा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल प्रदेश कार्य समिति १ न. प्रदेशको संयोजनमा भएको थियो ।


हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]