आफुले पढ्न नपाए पनी छोरा छोरीलाइ बाख्रा पालेरै पढाउने आमाको अठोट

इश्वर बलम्पाकी
उदयपुर , असार २४

उदयपुरको पश्चिमी गाउँपालिका ताप्लि गाउँपालिका १ की तेज कुमारी मगरलाइ आफुले पढ्न नपाए पनी छोरा छोरीलाइ सके सम्म राम्रो पढाउने इच्क्षा छ । १६ बर्षको उमेरमा बिहे गरेकी तेज कुमारीको हाल २ सन्तान छ । १८ बर्षको उमेरमा पहिलो सन्तान जन्माएकी तेजकुमारीले कक्षा ८ सम्म मात्र पढ्न पाइन ।

गाउँमा नजिकै बिद्यालय नहुनु सानैमा घरको काम गाइ , बाख्रा , घाँसपाल भन्दै बढ्न बाट बन्चित भएकी तेजकुमारीलाइ पढ्न नपाएकोमा अहिले निक्कै पछुतो रहेको उनी बताउछिन । “सानै उमेरमा बिहे गर्नु हुदैन भन्ने थाहा थियन बिहे गरी हालियो  अहिले पछुतो लाग्छनी पढ्न पाएको भए दुक्ख हुदैन थियोकी” तेजकुमारी भन्नुहुन्छ ।

भागेर बिहे गरेकी तेजकुमारीको श्रीमान अहिले काठमाण्डौमा ज्यामी काम गर्छन । घरको आर्थीक अबस्था निक्कै कमजोर रहेको तेजकुमारीको परिवारको नाम गाउँमध्यमै निम्न आर्थीक अबस्था रहेको परिवामा गनीन्छ । सोही आधारमा  हाल नेस्पेक उदयपुले  वल्ढभिजन इन्टरनेस्नलको सहयोगमा ५ वटा बाख्रा पनी दिएको छ ।

निम्न आर्थीक अबस्था भएकोले गाउँमध्यबाटै छनौटमा परी बाख्र पाएकी  तेजकुमारीलाइ त्यही बाख्राले छोराछोरीलाइ राम्रो संग बढाउने सपना रहेको तेजकुमारी बताउछिन आफुले पढ्न नपाएकोमा उनलाइ निक्कै पछुतो छ । सोही कारण पनी छोरा छोरीलाइ राम्रो संग बढाउने उनको चाहाना रहेको उनी बताउछिन ।

हाल उनको खोरमा नेस्पेकले सहयोग गरेको ५ वटा बाख्रा सहित ७ वटा बाख्रा छ  । आर्थीक अबस्था कमजोरकै कारण अरु बाख्रा थप्ने चाहाना भएरपनी थप्न नसकेको उनी बताउछीन । उनी भन्छिन “यही बाख्रालाइ बढाएर छोराछोरीको लागी खर्च जोहो गर्ने योजना छ ” उनको श्रीमाने पनी पढ्न नपाएको उनी बताउछिन घरको एक्लो छोरो तेजकुमारीको श्रीमान गरिबीका कारण कमाउन राधनानी गएको छ अब दशैमामा मात्रै आउने तजुमारी बताउछीन ।

उमेरले सानै भएपनी तेजकुमारीलाइ अब आफ्नो भन्दा पनी छोरा छोरीको भबिस्यको चिन्ता छ । उनी भन्छिन गाउँको सामुदायिक बिद्यालय पर छ धाएर  बिद्यालय गयो राम्रो पढाइ हुदैन गाउँ भन्दा बाहीर लगेर पढाउन सम्भबै नभएको तेज कुमारी बताउछिन ।

तरपनी छोरा छोरीलाइ राम्रो संग पढाएर  ठुलो मान्छे बनाउने तेजकुमारीको  सपना छ । त्यसैको लागी बाख्रा पालेर खर्च जुटाउने उनको योजना अहिलेदेखीनै सुरु भएको  छ ।
उता तेजकुमारी जस्तै अभिभाबकलाइ गाउँमा भएको सामुदायिक बिद्यालयको पढाइमा गुणस्तरीएता आउन नसक्दा निम्न स्तरका अभिभाबकलाइ भने आफ्नो छोरा छोरीको भबिस्यको चिन्ता बढेर गएको पाइन्छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]