अशोज १ देखी १० गते सम्म गाइघाटमा महोत्सव हुने , उटको डान्स हेर्न पाइने

गाइघाट , भदौ २६
“आर्थिक विकासको मुल आधार , सह अस्तित्वर ब्यापार ” भन्ने मुल नाराका साथ यही अशोज १ गतेदेखी १० गते सम्म उदयपुरको गाइघाटमा दशै तिहार महोत्सवको आयोजना हुने भएको छ  ।

किर्तिमानी युवा संघ नेपाल र पुर्खा फाउण्डेसनको आयोजनामा वडा दशैको अवसर पारेर मेला लगाउने तयारी भइ रहेको मुल आयोजक समितिले बिहिबार एक पत्रकार सम्मेवलको आयोजना गरी जानकारी गराएको छ ।

नेपालको चर्चित कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहने महोत्सवले नेपाल भ्रमण बर्ष २०२० लाइ सफल बनाउने , किर्तिमानी संग्राहालय निर्र्र्माणार्थ हस्ताक्षर संकलन गर्ने लागुपदार्थ दुब्र्यसनको अन्त्यको निमित्त बिभिन्न जनचेनतामुलक कार्यक्रम गर्ने उदेस्य राखेको छ ।

यस्तै उदयपुरभरी लुकेर रहेका कला तथा कलाकारहरुलाइ पाएक पर्ने स्थानमा छनौट अडिसन गरी उत्कृष्ट हुनेलाइ पुरस्कार बितरण तथा सम्मान , स्थानीय उत्पादन तथा स्थानिय ब्यापारलाइ प्रबर्दन ,उदयपुर भित्र रहेका अपाङ्ग असत्त र सडक बालबालीकालाइ पुनस्र्थापना गराउनको लागी महोत्सव आयोजना गर्न लागीएको मुल आयोजक समितिका संयोजक सरोज श्र्रेष्ठले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो ।

यस्तै मेलाको मुख्य आकर्षणको रुपमा उटको डान्सपनी हेर्न सकिने जनाइएको छ । त्रियुगा बसपार्क पछाडी हुन लागेको दशै तिहार महोत्सवको सम्पुर्ण तयारी अन्तिम चरणमा रहेको आयोजक संस्था किर्तिमानी युवा संघका अध्यक्ष चित्र कुमार कार्कीले जानकारी दिनुभयो ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]