नेकपा उदयपुरको सपथ ग्रहण सम्पन्न

गाइघाट , कात्तिक ३

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदयपुर जिल्ला कमिटीको सपथ ग्रहण शनिबार सम्पन्न भएको छ । प्रदेश कमिटीले जिल्ला सदस्य टुंग्याएको झण्डै ४ महिनाअघि नै टुंगो लगाए पनि आन्तरिक बिबादका कारण सपथग्रहण हुन सकेको थियन ।

नबगठीत जिल्ला कमिटीलाइ शनिबार प्रदेश इन्चार्ज भिम आचार्यले सपथ गराएका हुन् । असोज ३० गतेको प्रदेश निर्णय अनुसार जिल्ला कमिटीमा पूर्व एमालेबाट ९० र पूर्व माओवादीबाट ७० सदस्य समेटिएका छन् ।

कमिटीको अध्यक्ष पूर्व माओबादीका विनोद कटुवाल (दिवस) र सचिव पूर्व एमालेका इश्वरमणि राउत छन् । प्रदेशले नगर र गाउँ कमिटी हुँदै वडा कमिटीसम्मका अध्यक्ष र सचिव नाम यसअघि नै टुग्याईसकेको छ ।

जिल्ला सचिव इश्वरमणि राउतका अनुसार सपथ गराइएसँगै उदयपुर नेकपालाई चलायमान गराइने छ । स्थानीय रामजानकी पार्टी प्यालेसमा सपथ ग्रहण कार्यक्रमपछि आन्तरिक प्रशिक्षणसमेत दिइएको बताइएको छ  ।



हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]