शिव को नयाँ म्युजिक भिडियो “सुन ओई“ सार्वजनिक ।

उदयपुर , पुष ८  
गायक शिव थापा मगरले हालै एउटा नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छ्न  । विगत लामो समयदेखी साङ्गितिक क्षेत्रमा सकृय गायक मगर को “सुन ओई“ बोलको गित मा शव्द ,सङ्गीत र स्वर आफ्नै रहेको छ । गायक मगरले गाउने मात्र हैन राम्रो सङ्गीत पनि गर्छन । लेख्ने,सङ्गीत गर्ने र गाउने तिनै बिधामा पोख्त छन गायक मगर। लोक,लोक पप,पप मा गरि  पाँच दर्जन भन्दा बढी गित गाईसकेका उनले आफ्नै भाषाका गित पनि गाएका छन

“म्युजिक खबर म्युजिक अवार्ड २०१२ “ मा पप बिधामा अवार्ड हात पारेका उनले सबै प्रकारका गित गाउन रुचाउछन । “सोल्टी ज्यु“ “भुमरी“ “एस्सेप्ट मी“ “उत्साह“ सोलो एल्बमहरु बजारमा ल्याइसकेका गायक मगरले केही हप्ता अगाडि मात्र “पार्वती “ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए।त्यस्को लगतै “ सुन ओई“ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन। यस भिडियो मा मुख्य भुमिकामा भाईरल “सोनिका रोकाय“ देख्न सकिन्छ। मोडेल राज कृष्ण र निकेश को पनि दमदार प्रस्तुती रहेको छ। नेत्र किराँती को निर्देशनमा बनेको भिडियो मा काजिश श्रेष्ठ को कोरियोग्राफ,अजय रेग्मिको भिडियो छायांकन तथा ओम प्रसाईं को सम्पादन रहेको छ।

 भिडियो