भ्रमण बर्षको अवसरमा बुधबार चौदण्डीगढी नगरपालिकामा सार्वजनिक बिदा

उदयपुर , पुस १४

नेपाल भ्रमण वर्ष सन् २०२० को उत्घाटन मिति अर्थात जनबरी फस्टमा चौदण्डीगढी नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष मनाउने अभियानलाई सफल बनाउन भ्रमण बर्षको उत्घाटनको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको आइतबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै नगर प्रमुख खगेन्द्र राइले जानकारी दिनुभयो ।

प्रमुख राइका अनुसार नगरपालिका भित्र रहेको चौदण्डीगढी दरबार लगायत नगरका १० वटै वडामा पहिचान भएका धार्मिक तथा ऐतिहासिक स्थल तथा रमनिय ठाउँहरुमा बाह्य तथा आन्तरिक पर्यटक भित्राउन पर्यटन वर्षको स्वागतको लागि सार्वजनिक विदा दिइएको बताउनुभयोे ।

यस्तै नगरपालिकाले भ्रमण बर्षको अवसर पारेर ३ सय वर्ष पुरानो ऐतिहासिक चौदण्डीगढी दरबारमा उदयपुरका  १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता उदयपुरका खेलाडी तथा प्रशिक्षकहरुलाइ  भव्य कार्यक्रमको विच सम्मान गर्ने बताइएको छ ।

सम्मानित हुनेहरुमा चौदण्डीगढी नगरपालिका ७ की बविता श्रेष्ठ, रन्जना राई र बन्दना राई, वडा नं. ६ की निशा राई र कविता राई रहेका छन् । उनीहरुले साफ गेममा महिला तर्फको हेण्डबल प्रतियोगितामा रजत पदक विजेता हुन् ।

यस्तै भारतोलन तर्फको खेलमा कास्य पदक विजेताहरु चौदण्डीगढी नगरपालिका ४ की संगीता राई र महिला फुटबल तर्फको खेलमा रजत पदक विजेता बेलका नगरपालिका ४ की दिपा राईको साथै सागमा भारतोलन तर्फको स्वर्ण पदक विजेता कटारी नगरपालिकाकी अनुपमा मगर र बेलका नगरपालिकाकी संगिता मगरलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सम्मान स्वरुप स्वर्ण, रजत र कास्य पदक विजेतालाइ क्रमशः नगद ४० हजार, ३० हजार र २० हजार र सम्मान पत्र सहित सम्मानित गर्ने बताउनुभयो ।  यस्तै हेण्डबल उदयपुरका प्रशिक्षक पर्वत गुरुङ, सहायक प्रशिक्षकद्वय विन्दा कुमारी थापा र पार्वती राईलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।

यस्तै नेपाल भ्रमण वर्ष मनाउने अभियानलाई सफल बनाउन ‘राइट टु चौदण्डीगढी’ साइकल यात्रा शुभारम्भ गर्ने समेत कार्यक्रम रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ  ।

 

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]