बेलकामा भब्य कार्यक्रम गरी भिजिट नेपाल २०२० उत्घाटन

बेलका , पुस १७

उदयपुरकोे बेलका नगरपालिकाले भिजिट बेलका २०२० कार्यक्रम सुरु गरेको छ । नगरपालिकाको पर्यटन विकास समितिले बुधबार एक औपचारीक कार्यक्रम गरी बेलका भ्रमण वर्षको उत्घाटन गरेको हो । वेलका नगरपालिकाको वडा न. ८ सोमबारेमा आयोजना गरीएको कार्यक्रममा मगर, राई, थारु, थामि लगायतका झाँकी यस्तै वालन, सङगिनि नाच सहितको कार्यक्रमको भब्य उत्घाटन गरीएको जनाइएको छ ।

यस्तै कार्यक्रम स्थलमा बेलका नगरपालिकामा उत्पादित हस्तनिर्मित सामाग्री, बिभिन्न जातजातिका खानेकुराका परिकारको स्टल बेलका नगरपालिकाको बिभिन्न पर्यटकिय स्थलको फोटो प्रर्दसनिमा  राखिएको थियो । भ्रमण बर्ष बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा ‘स्वस्तिक’ले उद्घाटन गर्नुभएको थियो । नगरप्रमुख थापाले आन्तरिकसँगै बाह्य पर्यटकको ध्यानाकर्षण गर्न कार्यक्रम सुरु गरिएको बताउनुभयो ।   यस्तै प्रमुख थापाले पर्यटकले नगरपालिकामा  सुन्दर पर्यटकीय स्थलको अवलोकनसँगै प्याराग्लाइडिङ, सप्तकोशीमा क्याम्पफायरर्, याफ्टिङको मजा लिन सक्ने बताउनुभयो ।

नगरको अन्य पर्यटकिय क्षेत्रहरुमा कोलोहाङ र वासिराङ झर्ना, वासिराङ दह, भूतिया तह, बालबाटिका बगैंचा, टंकेला गुफा, बेलका हाइट, महांकाल मन्दिर, कोशी टप्पु, सप्तकोशी नदी, ऐतिहासिक मैनाराजा मैनारानी रहेको छ ।

यस्तै बेलकाराजा बेलकारानी, सुनखानी सुगाचरि भिर, सितारानि भिर, भौडा देवि मन्दिर आदि यो नगरपालिकाका पर्यटकीय स्थल रहेको बेलका नगरपालिकाका ,पर्यटन बिकास समितिका अध्यक्ष रमन भट्टराइले बताउनुभयो ।

करिवि ५५ हजार जनसंख्या रहेको यस नगरपालिकामा बिभिन्न जातजातिको मिश्र्रित जनसंख्या रहेको छ । भ्रमण बर्षको लागी नगरपालिकाले  सफा मन, आफ्नोपनः अवश्य गरौं बेलका भ्रमण’ भन्ने नारा तय गरेको छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]