नयाँ प्रेमीसंग साम्राज्ञीको बर्थ डे सेलिब्रेसन

मंसिर , ३
मयंकपछि साम्राज्ञी यतिबेला देवांश जंगबहादुर राणासंगको प्रेममा छिन् । उनले हिजो बर्थ डे पनि प्रेमीकै घरमा मनाएको छ । साम्राज्ञी अन्य कलाकारको तुलनामा आफनो व्यक्तिगत जीवनकाबारेमा बोल्न चाहादिनन् तर पनि उनको व्यक्तिगत जीवन अर्थात प्रेमको चर्चा भने कतै न कतैबाट हुन्छनै । हिजोमात्र साम्राज्ञीले आफनो जन्म दिन प्रेमीको घरमा पार्टी गरेर मनाएकीछिन् ।

केही बर्ष बिजनेस म्यान मयंक खड्कासँग प्रेम सम्बन्धमा रहेकी साम्राज्ञी हाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा समेत रहेका देवांश जंगबहादुर राणासंगको प्रेम सम्बन्धमा रहेकी छिन ।