पर्यटकीय तथा ब्यबसायीक हिसावले त्रियुगा नगरापालिका १५ खाँबु

इश्वर बलम्पाकी मगर
गाइघाट , बैशाख १५
नेपाल एउटा छुट्टै मौलिकता र प्राकृतिक सुन्दरताले भरीपूर्ण देश भएकाले समग्र देशको समृद्धिको लागि पर्यटन क्षेत्रको विकासमा सवै जुट्नु आबस्यक देखिन्छ । कुनै पनि देश आर्थिक समृद्धि हुनुको पछाडि पर्यटन क्षेत्रको विकासलाई प्रमुख रुपमा लिने गरिन्छ । नेपालमा पनी वर्षेनी पर्यटन सम्बन्धी विभिन्न योजना बनाई काम गर्ने गरीएको भएपनी  उपलब्धी भने अनुसारको आउने गरेको पाइन्दैन । जसरी योजना बनाईएका हुन्छन, त्यसरी नै काम भएको भए आज हाम्रो देशमा पर्यटनको ओइरो लाग्ने थियो ।

हाम्रो देश प्राकृतिक स्रोत साधनको हिसावले धनी छ । यहाँ धार्मिक सांस्कृतिक र एैतिहासिक कला वस्तु प्राकृतिक रुपमा निर्मित धेरै पर्यटकीय स्थलहरु छन । यी पर्यटकीय क्षेत्रलाईमात्र विश्वमाझ अथवा नेपालमै पनीे प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकबाट मनग्य मुद्रा आर्जन गर्न सकिनेथियो । नेपाल पर्यटनका लागि प्रकृतिले दिएको उपहारको देश हो । नेपाल हिमाल र जैविक विविधता अर्थात प्रकृती, वनस्पती, जनावर, चराचुरुङ्गी, ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थलहरु आदी यहाँका प्रमुख पर्यटकीय आकर्षणहरु हुन ।

यस्तै आन्तरिक पर्यटको लागी प्रचुर पर्यटकीय संभावना बोकेको उदयपुरको बिभिन्न  रमणिय स्थलहरु मध्य त्रियुगा नगरपालिका वडा नम्बर १५ रानीबास , डहर लाइ पनी लिन सकिन्छ जहाँ बाट मनोरम दृस्य हरुको अवलोकन संगै जिल्लाकै पर्यटकीय स्थल रौतापोखरी मन्दिर जान सकिन्छ । सदरमुकाम गाइघाट बजारबाट गाइघाट दिक्तेल सडक हुदै जान सकिने सो वडाको  प्राकृतिक सौन्दर्यता साथै रौता मन्दिरको अझ प्रचार प्रसार गर्न सक्ने हो भने हामी समग्र उदयपुरलाइ नै पर्यटन केन्द्रका रुपमा बिकास गर्न सकिने बताउनु हुन्छ त्रियुगा नगरपालिका वडा न. १५ का वडा अध्यक्ष निर बहादुर आले मगर ।

प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले सुसज्जीत हाम्रो यो परिबेश शंसारका कुनै पनि पर्यटकिय स्थलहरु भन्दा कम सुन्दर छैन तर प्रचार प्रसार र पुर्वाधार बिकासमा यथेष्ट ध्यान नदिदा यस्ता ठाँउहरु  छाया‘मा परिरहेको छ । वडा न. १५ प्राकृतिक हिसावले निक्कैनै मनमोहक छ । गर्मी महिनामा पनी जाडौ हुने सिरक ओढेरै सुत्नु पर्ने यस वडाको बिशेषता हो । चिसो हावापानीको कारण साग सब्जि उत्पादन गरी बेच्न सकिन्छ भने ताजा ताजा तरकारी फलफुल उपभोग गर्न पाइने यस वडा हाल पर्यटन आकर्षणको रुपमा बिकास भैरहेको अध्यक्ष मगर बताउनुहुन्छ । जसको लागी सो वडामा त्रियुगा नगरपालिकाको सहयोगमा भ्यु टावर समेत निर्माण गर्ने लक्ष्य लिइएको छ ।

यस वडामा बाँस , तेजपत्ता , अम्लिसो , बिभिन्न किसिमको जडिबुटी ,तरकारी खेती तथा केरा खेती ब्यबसायीक रुपमा गर्न सकिन्छ भने ब्यबसायीक बाख्रापालन गर्न सकिन्छ । जसको हाल पकेट क्षेत्रनै घोषणा गरी ब्यबसायीक रुपमा केही ब्यबसाय सुरु भै सकेको र अन्य ठाउँमा सचेतनामुलक कार्यहरु भै रहेका छन । जसलाइ सहज बनाउन र उत्पादित बस्तुलाइ सहज तरीकाले निर्यात गर्न सबै बस्तिमा सडक पुर्याउन पा्रथमित्ता दिइएको छ । भने  त्यस तर्फ स्थानियलाइ  आकर्षन गर्ने काम पनी भइ रहेको छ ।

यो संगै वडा न. १५ समग्र बिकास संग संगै पर्यटकको लागी मन बहलाउने स्थानको रुपमा परिचित हुदैछ । यस वडाबाट हाल हजारौ यात्रि पैदल तथा सार्बजनिक सवारी साधनबाट ओहोरदोहोर गर्छन भने यस ठाउँको पा्रकृतिक मनमोहक संग रमाउन सदरमुकाम गाइघाट तथा छिमेकी जिल्ला सिराहा , सप्तरीबाट दैनीक सयौंको संख्यामा युवाहरु मोटरसाइकल तथा गाडी रिर्जव गरेर रमाउन आउने गरेका छन । सो वडाबाट बिशेष गरेर छिमेकी जिल्लाहरु खोटाङ , भोजपुर , धनकुटा लगाएत तराइका जिल्लाहरु र कोसीको अवलोकन गर्न र कोसिमा बोटीङ्ग गर्न समेत सकिन्छ ।

साबिकको खाँबु गाबिस हालको त्रियुगा नगरपालिका वडा न १५ रहेको यस वडा त्रियुगा नगरपालिकाको बिकट वडा अन्तर्रगन पर्दछ । यस वडाको पश्मिमा सोही नगरपालिकाको वडा न.१६ को बेल्दोभान , जाँते , सिध्रे , सिम्ले आहाले पर्दछ भने उत्तर तर्फ रौतामाइ गाउँपालिकाको रौतापोखरी , आँपटार पर्दछ यस्तैे पुर्बमा कोसी र पारी खोटाङ जिल्लाको सुन्तले पर्दछ  भने दक्षिणमा वडा न.१४ साउने पर्दछ । यसै वडा हुदै जिल्लाको पर्यटकीय स्थल रौता पोखरी , चिसापानी सल्ले जान सकिन्छ भने छिमेकी जिल्ला खोटाङ जाने सगरमाथा राजमार्गपनी यसै वडाहुदै गएको छ ।

मुलुकको समृद्धिको असीमित सम्भावना बोकेको क्षेत्र नै पर्यटन हो । पर्यटनकै माध्यमबाट विकास र समृद्धि हासिल गर्न सकिन्छ । यो संगै त्रियुगा नगरपालिका भित्र पर्ने वडा न. १६ आहालेको जिराइत डाँडा ,महादेबथान बेल्दोभान , बतासे डांडा , देशकै ठुलो उदयपुर सिमेण्ट उद्योगको चुन ढुङ्गा खानिक्षेत्र , वडा न. १४ को धाप्लाङ , सोही वडाको पञ्चेश्वर महादेव गुफा , वडा न. १५ को सिंहावती मन्दिर बाक्खोर तथा डहर , सदरमुकाम गाइघाटको राधाकृष्ण , दुर्गा मन्दिर , ढिम्कि , चुरे , वडा न. ८ को खाटमन्दिर , वडा न. ७ को कालिखोला ककनी लगाएत पर्यटकिय संभावना बोकेका यि पर्यटन स्थलहरुको पुर्वाधार बिकास र प्रचार प्रसारमा ध्यानदिने हो भने स्थानीय ब्यबसायीहरुले मनग्य आम्दामी गर्न सक्थे ।

त्यसैले अब फेरी एकपटक हाम्रो त्रियुगा नगरपालिका तथा समग्र उदयपुरकै संबृद्धीका लागी पर्यटकिय संभावना बोकेका यी ठाउँहरुको संरक्षण र प्रबर्द्धनमा हातेमालो गरौ ्र त्रियुगा नगरपालिका तथा उदयपुरलाइ पर्यटन केन्द्रका रुपमा बिकास गर्न तपाइँ हाम्रो प्रयास नै प्रयाप्त छ ्र त्यसैले अब ढिला नगरी आआफ्नो ठाउँबाट सहयोग गरौँ  ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]