बिजया दशमी (टिका) कै दिन कोरियामा भब्य दशैँ कार्यक्रम हुने

पुरुषोत्तम गौतम (सौल)१० आश्विन  । नेपालीहरुको महान् चाड बडा दशैँको अवसरमा यसपाली धादिङ्ग समाज कोरियाले बिजया दशमी टिकाकै दिन पारी कोरियाको ब्यस्त शहर सुवन स्थित 'ग्रेट हिमालय' नेपाली रेस्टुरेन्टमा भब्य दशैँ कार्यक्रम संचालन गर्ने भएको छ।

कोरियामा रहनुभएका बिभिन्न गन्य मान्य नेपाली अग्रजहरुको हातबाट टिका जमरा तथा नव दुर्गाको प्रसाद ग्रहण यस कार्यक्रमको मुख्य बिशेषता हो भने सोहि कार्यक्रमका नेपालदेखि आएका ख्याति प्राप्त राष्ट्रिय र चर्चित स्थानिय कलाकारहरुको साथमा बेजोड सांगेतिक धमाका पनि हुनेछ।

धादिङ्ग समाज कोरियाले यहि सेप्टेम्बर ३० तारिख शनिबारको दिन बेलुकि उक्त कार्यक्रम तय गरिसकेको हुँदा कोरियामा रहेका सम्पूर्ण नेपाली जन तथा मनहरुलाई उपस्थितित भई आफ्नो सांकृतिको भरपुर आनन्द लिई कार्यक्रम भब्य रुपमा सफल पारीदिन समाजका अध्यक्ष सन्तोष अधिकारीले अनुरोध गरेका छन्। साथै यहाँ स्थित बिभिन्न संध–संस्था तथा समुहहरुलाई सो दिन कार्यक्रम नजुधाई सहयोग गरिदिन पनि अधिकारीले अग्रिम अपिल गरेका छन्।