३५ केजी गाँजा र बोलेरो सहित धरानका ३ युवा उदयपुरमा पाक्राउ (भिडियो सहित)

उदयपुर , भदौ २२
ठूलो परिमाणमा अबैद्य लागूऔषध गाँजा सहित  उदयपुरमा तीन जना पक्राउ परेका छन् । बेलका नगपालिका–५ शिखरमाडीबाट ओसारपसारमा प्रयोग गरिएका बोलोरो गाडी र तीन जनालाई सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प रामपुर ठोक्सिलाले शुक्रबार दिउसो पक्राउ गरेको हो ।

विशेष सुराखीको आधारमा दिउँसो ४ बजे शिखरमाडीबाट ईटहरी तर्फ जादै गरको विआर ११ एफ ३२४७ भारतीय नम्बर प्लेट भएको बोलेरो गाडी नेपाली नम्बर  मे १ च २२३३ लगाइ  लुकाई छिपाई ल्याएको १८ पोका गाँजा र गाडीमा सवार चालकसहित तीन जालाई पक्राउ गरेको  सशस्त्र प्रहरी बल ५ नम्बर गण उदयुरका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक (एसपी) गाहरधन राईले बताउनुभयो ।

प्लाष्टीमा प्याक गरी गाडीको सिट मुनी डिकी बनाई त्यस त्रिभ लुकाई छिपाई ल्याएको अवस्थामा १८ पोका करिब ३५ केजी गाँजा बरामद गरेको (एसपी) गाहरधन राईले बताए ।

पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका– ८ बरगाछी निबासी २८ वर्षीय योगेन्द्र गजमेर, धरान उनपा– ३ पिण्डेश्वर निबासी २७ वर्षीय विनोद सुनार र चालक धरान उपनपा–१५ श्याम चोक निबासी धर्मराज श्रेष्ठ रहेका छन ।
गाडीको प्रकृति हेर्दा लागु औषध ओसार पसारकै लागि बनाईएको हो या खरिद गरिएको हो भन्ने देखिन्छ । गाँजासहित पक्राउ परेका तीन जान र ओसार पसारमा संलग्न गाडी सशस्त्र प्रहरी बल ५ नम्बर गण उदयपुरले आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको एसपी राईले बताउनुभयो ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]