५० रोपनी क्षेत्रफलमा लगाएको एक लाख १६ हजार बोट गांजा प्रहरीद्धरा नस्ट

उदयपुर , कात्तिक १
उदयपुर । जिल्लाको उत्तरपश्चिमी पहाडी क्षेत्रमा लगाएको अवैद्य गाँजा खेती प्रहरीले नष्ट गरेको छ । प्रहरीले ५० रोपनी क्षेत्रफलमा लगाएको एक लाख १६ हजार तीन सय १३ वटा वोट फडाँनी गरी नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिकृष्ण केसीकाअनुसार ताप्ली गाउपालिका वडा नं. १ पिपलभञ्ज्याङ, जुके, फलाटे, गुराँसे, मादले, डुम्रे, सिरिसेमा नष्ट गरिएको हो ।

त्यसैगरी वडा नं. २ ओडारे, बछाङ, तामाखर्क, धुसेनी, धारापानी, वडा नं. ३ को डाँडागाउ धुसेनी, वडा नं. ४ राकुला खोला, झ्याम्के, थुम्की, दोभान र वडा नं. ५ को कटहरे लगायतका स्थानमा जिल्ला वाहिरका व्यपारी र किसानले लगाएको गाँजा खेती नष्ट गरिएको हो ।
गाँजा फडाँनी गरेपनि प्रहरी गाँजा लगाउने व्यापारी र किसानसँग भने अझै पुग्न सकेको छैन् । खासगरी जिल्ला वाहिरका व्यापारी आउने र जग्गा भाँडामा लिएर गाँजा खेती लगाउने गरेको स्थानीयको भनाई छ । गाँजा फडाँनी भन्दा पनि लगाउनेलाई कारवाही गरे स्वतः बन्द हुने उनिहरु बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सई गोपाल राईको नेतृत्वमा ११ र सशस्त्र प्रहरी बल नेपाल गण नं. ५ हेडक्वाटर रातमाटेका सई गुञ्जबहादुर तामाङको कमाण्डमा १५, ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक रामनारायण माझीको कमाण्डमा २३ र शसस्त्र प्रहरी बेश क्याम कटारीबाट ७ गरी ५६ जनाको संयुक्त प्रहरी टोलीले गाँजा नष्ट गरेको थियो ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]