३१ वर्षदेखि फरार उदयपुरका तीन अभियुक्त पक्राउ

उदयपुर , कात्तिक ४

३१ वर्षदेखि फरार उदयपुरका तीन जना अभियुक्तलाइ जिल्ला प्रहरी कार्यलय उयपुरले पक्राउ गरेको छ । गत ०४५ सालमा बाँदर मार्न बन्दुक हान्दा लागेको गोलीले एक स्थानीयको ज्यान गएको अभियोगमा अदालतबाट दोषी ठहर भए पनि भाग्न सफल अभिुक्तहरु पक्राउ परेको उदयपुर प्रहरीले जनाएको छ ।


जिल्लाको चौदण्डीगढी नगरपालिका–१ का असरमान माझीले बाँदर मार्ने गरी हानेको भरुवा बन्दुकको गोली लागेर सोही ठाउँका स्थानीय कमल राईको त्यतिबेला मृत्यु भएको थियो ।
सोही मुद्धामा जिल्ला अदालतले माझीसहितलाई सजाय तोकेकोमा फरार रहेका ३ अभियुक्त परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादु बुढामगरले जानकारी दिए ।


इलाका प्रहरी कार्यालय बेलटारबाट पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–१ चौदण्डीका ६८ वर्षीय सोभितमान श्रेष्ठ, सोही ठाउँका ५२ वर्षीय प्रकाश माझी र ६१ वर्षीय दलबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]