२२ दिनदेखि विजुली नबलेपछि गाउँलेद्वारा विद्युत प्राधिकरण कार्यलय उदयपुर घेराउ

उदयपुर, साउन १
त्रियुगा नगरपालिका वडा नं. २ खैजनपुरमा २२ दिनदेखि विजुली नबलेपछि गाउँलेद्वारा विद्युत प्राधिकरण कार्यालय घेराउ गरेका छन् । गत असार १० गतेदेखि बत्ती बिहीन हुन पुगेका खैजनपुरबासीले प्राधिकरणको लापरबाहीले आफुहरुलाई समस्या भएको भन्दै मंगलबार विहानदेखि गाईघाटस्थित प्राधिकरणको वितरण केन्द्रमा घेराउ गरेका हुन् ।
२२ दिनअघि बिग्रेको बती विद्युत प्राधिकरणले मर्मत नगरेका कारण आजित भएका वडाबासी प्राधिकरण घेराउ गर्न आएको थियो । विहान ९ बजे तिर आएको १ सय ५० भन्दा बढी खैजनपुरबासीको समूहले प्राधिकरणको प्रवेशद्वारमा नारा लगाउँदै कर्मचारीलाई कार्यालय प्रवेश गर्न रोक लगाउन खोजेका थिए । केही कर्मचारी भित्र छिरिसकेको र छिर्न बाँकीहरु पछाडिको ढोकाबाट छिरेर कार्यालय प्रवेश गरेका थिए ।
वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार पटक पटक मर्मत गरी विद्युत सुचारु गर्न आग्रह गरेको, तर नभएपछि नगरपालिकाबाट पत्राचार गराउँदा र मेयर तथा प्रमुख जिल्ला अधिकारीमार्पmत भन्न लगाउँदा पनि प्राधिकरणले मर्मत गर्नेतर्फ चासो नदिएपछि बाध्य भएर प्राधिकरण घेराउ गर्नुपरेको बताए ।
चर्को गर्मीको मौसममा लगातार २२ दिनदेखि विद्युत बिहीन हुनु पर्दाको पीडा सहन नसकेर मध्ये वर्षाको रोपाईँ छाडेर प्राधिकरण घेराउ गर्न आउनुपरेको स्थानीय नवराज चौधरीले बताए ।
कार्यालय घेराउकै बीच पछाडिको ढोकाबाट कार्यकक्षमा पुगेका केन्द्र प्रमुख रामअयोध्या यादवले कार्यालय घेराउ बारे प्रशासन र प्रहरीमा खवर गरेका थिए । लगत्तै प्रदेश सांसद विमल कार्की, नेकपाका नेताहरु ईश्वरमणि राउत, अनिल अधिकारी लगायत जिल्ला स्तरीय पार्टी नेताहरु लिएर वडाध्यक्ष खत्रीको टोली पुगेर यादवलाई तत्काल विद्युत सुचारु गर्न आग्रह गरेको छ ।
यादव र घेराउ टोलीबीच दुई पक्षीय छलफलमा बुधबार विहानसम्ममा जसरी पनि विद्युत सुचारु गर्ने नसके रवाना लिएर जाने प्रतिबद्धता जनाएपछि घेराउ गर्न आएको टोली फिर्ता भएको वडा सदस्य श्याम नारायण चौधरीले बताए ।

 

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]