स्टेट वान सिङ्गिङ् आइडलका लागी उदयपुरबाट १४ जना छनौट

गाइघाट , जेठ ३०
रेडमुन इन्टरटेन्मेन्ट धरानको आयोजना तथा दुधकोशी जनचेतना समाज बेलका, उदयपुरको स्थानीय संयोजनमा बुधबार उदयपुरको गाइघाटमा भएको सिङगिङ आइडलको अडिसनबाट अर्को राउन्डका लागी १४ प्रतियोगीहरू छनौट भएका छन । गाइघाटको सिटीहलमा भएको अडिसनबाट ओपन राउन्डका लागी छनौट भएकाले असार २१ गते शनिबार फ्रेन्डस् गार्डेन, धरानमा हुने ओपन राउन्डमा सहभागी जनाउने छन ।

उदयपुरबाट छनौट हुनेहरुमा एलिना राई रौतामाइ गाउँपालिका रसुवा ,डिकेश राई चौदण्डीगढी नगरपालिका  १, सम्झना लामा चौदण्डीगढी नगरपालिका १, दिलिप राई बेलका नगरपालिका ५, अमर राई, गर्जमान विक बेलका नपा ६, दिपराज राई बेलका नपा ९ रामपुर , प्रविण राई बेलका नपा ६, शोभा तामाङ बेलका नगरपालिका , आशा राई त्रियुगा नगरपालिका १० बोक्से, मदन राई बेलका नपा ६ , खरेन्द्र राई बेलका नपा  ६ , स्मृति भट्टराई त्रियुगा नगरपालिका १० बोक्से र सन्जिव राई रहेको आयोजक रेडमुन इन्टरटेन्मेन्ट धरानका संयोजक शिसिर राइले जानकारी दिनुभयो ।

सिङगिङ आइडलको  बिजेताले भेष्पा स्कुटर , एउटा भिडियो एउटा गित रेकर्डिङ सहित १ बर्षसम्म रेडमुनसंग साङ्गीतिक कार्यक्रमको लागी अनुबन्धन गराइने छ भने दोस्रो पुरस्कार नगद ७० हजार एउटा गित रेकर्डिङ , तेस्रो पुरस्कार नगद ५० हजार र गित रेकर्डिङ रहेको बताइएको छ ।

ओपन राउण्डमा प्रदेश न.१ का १३ जिल्ला बाट पहिलो राउण्डमा छनौट भएकाहरु बिच प्रतिस्पर्दा हुनेछ ।