सुनकोशीमा डुबेर उदयपुर लिम्चुङबुङका २ बिद्यार्थी वेपत्ता

लिम्चुङबुङ , असार ५
उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा माछा मार्ने क्रममा दुई विद्यार्थी डुबेर वेपत्ता भएका छन् । वेपत्ता हुनेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटे बुत्कु माध्यमिक विद्यायलका विद्यार्थी बर्ष १६ को देव कुमार राई र सोहि ठेगाना भएको बर्ष १४ को प्रविन राई रहेका छन् ।

बुत्कु माविका शिक्षक शिवराम राईलाईका अनुसार बुधबार विहान ७ बजेको समयमा माछा मार्ने क्रममा डुबेर वेपत्ता भएपछि गाउँलेहरुले खोजी कार्य जारी राखेको छ । अहिले पनि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयीहरुले खोजि कार्यलाई निरन्तरता दिईरहेका छन् । वेपत्ता मध्ये देवकुमार एसइई दिएर बसेका विद्यार्थी हुन् भने प्रविन कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]