सनराईज बैंकको ३५ औँ शाखारहित सेवा जलजलेमा

गाईघाट , असार १
    सनराईज बैंकले शनिबार उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा ३५ औँ शाखारहित सेवा सुचारु गरेको छ । सेवाप्रवाहको उदघाटन एक कार्यक्रमका विच त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र भगतले गरे ।
    ग्रामिण क्षेत्रका बासिन्दालाई सेवा दिने उदेश्यले सेवा विस्तार गरिएको बैंकका जलजले शाखाका प्रबन्धक उमेशप्रसाद कुसहवाले जानकारी दिए । थोरै पैसा जम्मा गर्न र झिक्न सदरमुकाम र उदयपुर सिमेण्ट उद्योग परिषरमा धाईरहन समय खर्चनु पर्ने र झन्झटिलो पनि हुने भएकाले घर छेउबाटै सेवा दिने उद्देश्यले शाखा रहित सेवाको सुरुवात गरेको प्रवन्धक कुसहवाले बताए ।
उक्त सेवामा दैनिक एक लाखसम्म जम्मा गर्न सकिने र ५० हजारसम्म देश विदेशबाट पठाएका पैसाहरु सहज र सरलरुपमा लिन सकिने उनले बताए । उक्त रकम भन्दा माथिको रकमको हकमा शाखा कार्यालय गाईघाटमै आउनु पर्ने छ ।
२०६४ सालमा बाणिज्य बैंककोरुपमा स्थापना गरिएको बैंकको १ सय ७ वटा शाखा, १ सय २० बढि एटिएम, एक्स्टेन्सन काउन्टर ४ ठाउँमा स्थापना भएको उनले बताए । ६ लाख बढि ग्राहक रहेका बैंक नेपालको २१ औँ बाणिज्य बैंक पर्दछ । प्रबन्धक कुसहवाले आगामी आर्थिक बर्षमा थप २५ ठाउँमा शाखा विस्तार गर्ने गरी अगाडी बढाएको बताए ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]