सके राम्रो गर्छु नसके नराम्रो गर्दीन ।

इश्वर बलम्पाकी
गाइघाट , असार १५
एक महिना अगाडी उदयपुर सरुवा भएर आउनुभएका उदयपुर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक बीर बहादुर बुढा मगरले आफ्नो कार्यकालमा उदयपुर जिल्लालाइ सके सम्म प्रहरी बाट हुने सम्पुर्ण सेवा राम्रो बनाउने प्रयास गर्ने बताउनु भएको छ ।

शनीबार नेपाल मगर संघ उदयपुरको आयोजनामा भएको परिचयात्मक तथा सम्मान कार्यक्रममा आफ्नो कुरा राख्नुहुदै प्रमुख मगरले आफ्नो कार्यकालमा उदयपुर प्रहरीबाट हुने सम्पुर्ण सेवामा राम्रो गर्ने नसके नराम्रो पनी नगर्ने बताउनुभएको छ । यस्तै उदयपुरमा अहिलेको प्रमुख आबस्यत्ता लागुपदार्थ दुब्यसनी नियन्त्रण गर्नुनै पहिलो आबस्यत्ता रहेको बताउनुभएको छ ।

लागुपदार्थको हिसावले उदयपुर निक्कै अगाडी रहेको बताउनुहुदै यस तर्फ सबै सचेत नरहे यसको रुप भयाबह हुन सक्ने भएकोले यसलाइ न्युनीकरण गर्न आजको मुख्या आबस्यत्ता रहेको बताउनुभयो साथै यसको नियन्त्रण तथा रोकथामको लागी सबैमा सहयोगको अपिल समेत गर्नुभयो ।

साथै उहाँले उदयपुर प्रहरी अव कानुनमा कडा र ब्यबहारमा नरम हुने बताउनुभएको छ । नेपाल मगर संघ प्रदेश न. १ का महासचिव केशब खपाङ्गी मगरको प्रमुख आतित्यतामा भएको उत्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि मगरले प्रहरीले काम गर्दा नजिकको मान्छे , बिचौलीयालाइ प्राथमित्तामा नराखी प्रहरीको नजरमा सबै नागरीक समान हुनुपर्ने र समान ब्यबहार हुनुपर्ने बताउनुभयो ।

यस्तै नेपाल मगर संघ उदयपुरका अध्यक्ष भत्त बहादुर बुर्जा मगरले प्रहरी प्रसासन तथा न्यायिक क्षेत्रमा पिछडीएका तथा दुर्गमका नागरीकको सजिलै पहुच नहुने बताउदै यस तर्फ सम्बन्धित निकायले बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुहुदै प्रमुख मगरलाइ शुभकामना ब्यत्त गनुभयो ।

साथै नेपाल प्रहरीमा रही राष्ट्रको सेवा गर्ने क्रममा उदयपुर प्रहरी प्रमुख भएर आउनुभएका प्रहरी उपरिक्षक वीर बहादुर बुढा मगरलाइ नेपाल मगर संघ उदयपुरले अभिनन्दन गरेको छ । नेपाल मगर संघ त्रियुगा नगर कमिटीे र नेपाल मगर संघ उदयपुरको संयुत्त आयोजनामा भएको उत्त परिचयात्मक कार्यक्रममा नेपाल मगर संघ उदयपुरका कार्यसमिती तथा मगर संघको भातृ संगठन त्रियुगा नगर कमितीका कार्यसमितीका पदाधिकारी तथा सदस्य हरुको सहभागीता रहेको थियो ।


हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]