विश्व वातावरण दिवसको अवसरमा गाइघाटको शान्तिधाममा बृक्षारोपण

उदयपुर  , जेठ २२
    विश्व वातावरण दिवसको अवसरमा उदयपुरमा विभिन्न प्रजातिका १ सय २६ वटा बोटविरुवा रोपिएको छ । ‘स्वच्छ वायू स्वास्थ जीवन भन्ने मुलनाराकासाथ डिभिजन वन कार्यालयको आयोजनामा सदरमुकाम गाईघाटस्थित शान्तिधाममा विरुवा रोपिएको हो ।
    त्रियुगा नदी किनारामा झण्डै एक विघा क्षेत्रफल ओगटेको शान्तिधाममा  लिच्चि, आँप, कटहर, अमला, मसला, बाँस, टिक, खयर लगायतका विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो ।
        वातावरणिय हिसावले संम्बेदनशिल र विगतको डम्पिगं साइडकोरुपमा प्रयोग हुँदै आएको शान्तिधामलाई डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा हरियाली प्रर्वद्धन कार्यक्रम सूरुवात गर्नेसमेत सो अवसरमा घोषणा गरियो । कार्यक्रममा जिसस उपप्रमुख गंगा राई, त्रियुगा नगरपालिकाका उपप्रमुख देविकुमारी चौधरी, प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्की लगायतले बोलेका थिए ।