रौतामाई गाउँपालिका फोक्सीन्टार देखी त्रियुगा नगरपालिकाको धाप्लाङसम्म शुनकोसीमा ¥याफ्टिङ

इश्वर बलम्पाकी
उदयपुर , असार ४

उदयपुरको रौतामाइ गाउँपालिका ५ फोक्सीन्टार देखी त्रियुगा नगरपालिका १४ साउनेको धाप्लाङ सम्म ¥याफ्टिङ परिक्षण गरीएको छ । गाउँपालिकामा भएको शुनकोसी नदीको उपयोग गरी पर्यटन प्रबर्दन तथा जलयात्राबाट स्थानीयलाइ सेवा दिनलाइ  ¥याफ्टिङ  परिक्षण गरीएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताउनुभयो । खड्काका अनुसार  रौतामाई गाउँपालिकाभित्र पर्यटन विकासको लागी धेरै सम्भावना र गन्तव्य रहेको भन्दै संभावनाका क्षेत्रहरु मध्य वडा नं ५ को शुनकोसी ¥यफ्टिङका लागी बिषेश रहेको भन्दै परिक्षण गरीएको बताउनुभयोे ।

जिल्ला स्थीत राजनितिक दल , संचारकर्मी , उद्योगी ब्यापारी , जनप्रतिनिधीको उपस्थितीमा मंगलबार अनुभवी टोलीलाई ल्यायर रौतामाइ गाउँपालिकाको वडा न. ५ फोक्सीन्टार देखी त्रियुगा नगरपालिकाको १४ साउने धाप्लाङ सम्म करिव ७ किलोमिटर ¥याफ्टिङ  १ घण्टा ३० मिनेटमा सफलता पुर्बक सम्पन गरीएको थियो ।

¥याफ्टिङ परिक्षण सफल भएपछी नेपाली काङ्ग्रेस त्रियुगा नगरका सभापती सरोज बस्नेतले  खुसी ब्यत्त गर्दै यस क्षेत्रमा ब्यबसायीलाइ लगानी गर्न आह्वान गर्नुभयो यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खम्बराज राईले ¥याफ्टिङ परिक्षण सफल भएको बताउदैै ब्यबसायीले यस स्थानमा लगानी गरे गाउँपालिकाले गर्न सक्ने सहयोग गर्न कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । यस्तै त्रियुगा उद्योग बाणीज्य संघ गाइघाटका अध्यक्ष गजेन्द्र भगतले ¥याफ्टिङलाइ ब्यबसायीक रुपले संचालन गर्न सके आन्तरीक तथा बाह्य पर्यटकलाइ भित्राउन सकिने राम्रो संभाबना रहेको बताउनुभयो ।

यता परिक्षण टोलीले रसुवा देखी धाप्लाङसम्म ¥याफ्टिङका लागि कुनै जोखीम नरहेको बताएका छन ।  परिक्षण ¥याफ्टिङमा रौतामाइ गाउँपालिका वडा न २ का वाडाध्यक्ष खविन्द्र बहादुर रास्कोटी, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खम्बराज राइ,  त्रियुगा उद्योग बाणीज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र भगत  सचिव दिनेश श्र्रेष्ट , पत्रकार अप्सरा समाल र इश्वर बलम्पाकी लगाएत ११ जनाको टोली सहभागी रहेका थियो ।