राष्ट्रसेवकको कारोबार ५ करोड नाघ्यो

उदयपुर , कात्र्तिक ३
निजामती कर्मचारीहरु आवद्ध राष्ट्रसेवक वहुद्ददेश्यीय सहकारी संस्था लिमिटेड उदयपुरले ५ करोड बढिको कारोबार गरेको छ ।
संस्थाको आफ्नै सभाहलमा शनिबार आयोजित १९ औँ बार्षिक साधारण सभामा अध्यक्ष लेखबहादुर श्रेष्ठले १४ बर्षअघि स्थापना भएको संस्थाको हालसम्म पुँजि तथा दायित्व ५ करोड १ लाख ८९ हजार ८ सय ५५ रुपैँया ११ पैसा रहेको रहेको आयव्यय विवरणसहितको बार्षिक प्रतिवेदन प्रस्तुत गरे ।


प्रतिवेदनअनुसार कुल आम्दानीतर्फ ५५ लाख २८ हजार ९ सय ९५ रुपैँया ९२ पैसा रहेको छ । ४ सय २७ जना सेयर सदस्य रहेको संस्थाको सेयर पुँजि ६२ लाख ९३ हजार ५ सय रुपैँया रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


यसैगरी नगद प्रवाहतर्फ ३३ लाख १७ हजार ८ सय ४७ रुपैँया ७३ पैसा रहेको छ भने आम्दानीतर्फ ५५ लाख २८ हजार ९ सय ९५ रुपैँया ९२ पैसा रहेको सचिब केदारप्रसाद दहालले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले आ.व. २०७६÷७७ मा ६४ लाख ८७ हजार ५ सय रुपैँया कारोवार  गर्ने अनुमानित प्रस्तावनासमेत पेश गरेकाछन । श्रेष्ठले अघिल्लो आर्थिक बर्षको तुलनामा आ.व २०७५÷७६ मा संस्थाले राम्रै प्रतिफल कमाउन सकेको बताए ।


त्यसैगरी कोषाध्यक्ष रेकबहादुर मश्राङ्गीले संस्थाले आ.व २०७५÷७६ मा विभिन्न शिर्षकमा गरेका खर्चविवरण प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा संस्थाको शुद्ध नाफा २७ हजार वचत रहेको देखाइएको छ ।


त्यसैगरी आ.व. २०७६÷०७७ का लागि अध्यक्ष श्रेष्ठले प्रशासनिक बार्षिक बजेटमा यस्ता उत्पादनमुलक वजेट सञ्चालन गर्नु पर्ने आबश्यकता रहेकोभन्दै प्रस्तावित परियोजना पेश गरेका छन ।
    कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष लेखनाथ कोईराला, उपाध्यक्ष भागवत यादव, महासचिब रेवन्त गौतम, पुर्ववरिष्ठ उपाध्यक्ष राजन रेग्मी, निमित्त प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराइ लगायतले जनतासँग जोडिने गरी कार्यक्रमहरु अघि सार्न सुझाव दिए ।


हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: purbelid[email protected]
  • [email protected]