राष्ट्रको समृद्धिमा औधोगिकरण

आधुनिक विश्वमा विकसित राष्ट्रहरुको विकास प्रकृया औधोगिक उत्पादनमा नै निर्भर रहेको छ ।  नेपालमा औधोगिक विकासको क्रम धेरै पहिले देखि प्रारम्भ भएको हो । तथापी यस्को अवस्था सन्तोषजनक छैन् । नेपालमा विकासको सुरुवात सात दशक अघिदेखि भएता पनि गति यति सुस्त छ कि अझ पनि हामिले कृषि माथिको निर्भरतालाई कम गर्न सकेका छैनौं । उद्योग क्षेत्रले कुल GDP मा ५.५ प्रतिशत मात्र योगदान गर्न सकेको छ । जून ज्यादै न्यून हो । राष्ट्रिय रोजगारीमा करिब ६.६ प्रतिशत मात्र योगदान रहेको छ । औधोगिक रोजगारी प्रबद्र्धन हुन सकेको छैन् । उत्पादित औधोगिक वस्तुको गुणस्तर समेत सन्तोषजनक र प्रतिस्र्धी -Competitive)  हुन नसकेको यथार्थता छदै छ ।


उद्योग क्षेत्र आर्थिक विकासको ईन्जिन हो । औधोगिक विकासले रोजगारी सृजना ,बस्तु र सेवाको मुल्य समायोजन हुने ,आवश्यक वस्तु तथा सेवाको उपलब्धता गर्न सहयोग पू¥याउँदछ । तर नेपालमा औधोगिक लगानी मैत्री वातावरण सुधार नहुनु , औधोगिक वस्तुहरुको उच्च प्रतिस्पर्धी नहुनु ,औधोगिक पूर्वाधारहरुको पर्याप्त विकास नहुनु , आवश्यक जनशक्ति पलायन हुनु आदिले गर्दा औधोगिक विकासद्वारा अपेक्षित रुपमा अर्थतन्त्रको विस्तार  हुन नसकेको अवस्था छ ।


वदलिदो परिबेशमा अबको दिशा परम्परागत औधोगिक शैलीमा परिवर्तन गर्नुपर्ने देखिन्छ । सबैभन्दा पहिले लघु, घरेलु तथा साना उद्योगको विकास विस्तार नगरी मझौला तथा ठुला उद्योगको विकास गर्दा पूर्ण रुपमा राष्ट्रको अर्थतन्त्रमा सहयोग हुन नसक्ने भएकोले अहिलेको लगानी एक घर एक बिशेष उत्पादनमा जोड दिनु पर्ने अवस्थाको खाँचो छ । लघु ,घरेलु तथा साना उद्योगीहरुलाई आत्म निर्भर बनाउन सबै तह र तप्काबाट सहयोग तथा लगानीको लागि अग्रसर हुनुपर्ने देखिन्छ ।

 

वर्तमान सरकारले लिएको लक्ष्य “समृद्ध नेपाल सुखि नेपाली” को नारालाई सार्थक बनाउने हो भने प्रत्येक स्थानीय तहमा हस्तकला ग्राम , औधोगिक ग्राम स्थापना गरि परम्परागत सीप तथा प्रविधिको संरक्षण गर्नमा जोड दिनु पर्छ । चालु चौधौ योजना अनुरुप प्रत्येक प्रदेशमा 3P Model  बाट कम्तीमा एक—एक वटा उद्योग स्थापनालाई छिटो भन्दा छिटो कार्यान्वयनमा जोड दिनु पर्छ । ती उद्योगहरुलाई चाहिने Row Meterials  को ब्यवस्थापन स्थानीय तहबाट पूर्ती गर्ने ब्यवस्था गरे मात्र जनतालाई प्रत्यक्ष लाभ हुने देखिन्छ ।


राष्ट्रको आर्थिक विकासमा दक्ष औधोगिक जनशक्तिको धेरै भुमिका रहने हुँदा बदलिदो परिबेशमा Primary Level बाट बिद्यालयको पाठ्यक्रममा त्यस्ता सीप ज्ञानको समाबेस गराउनु आवश्यक देखिन्छ । अवको ५ दशक औधोगिक क्रान्तिको आवश्यक्ता रहेको छ । लघु ,घरेलु तथा साना उद्योगहरुको स्त्तरोन्नती नगरी राज्यमा औधोगिकरणको प्रकृया अगाडी बढ्न सक्दैन् । उद्योग धन्दाले फड्को मार्न सक्दैन् र रोजगारी सिर्जनामा समेत प्रतिकूल असर पर्दछ । तसर्थ लघु ,घरेलु तथा साना उद्योगहरुको परम्परागत अवधारणालाई त्यागेर आधुनिक अवधारणालाई आत्मसाथ गरे मात्र राष्ट्र समृद्ध बन्न सक्छ ।

 

यसको लागि औधोगिकरण गर्न अतिःआवश्यक देखिन्छ । जस्तो कि हालको अवस्थामा महिला उद्यमीहरुलाई मात्र उद्यमशिलता विकास कोषबाट कर्जामा पहुँच भएको हुँदा सो कर्जामा पुरुषहरुलाई समेत यसको दायरा भित्र ल्याउनु आवश्यक देखिन्छ , प्रत्येक वडामा साझा सुबिधा केन्द्र ( CFC ) को स्थापना गर्नुपर्दछ र युवा लक्षित कार्यक्रम ,समाबेसी क्षमता विकास कार्यक्रम संचालनलाई उच्च प्राथमिकताका साथ कार्यन्वयन गरी लागु गर्ने प्रयत्न गरियो भने निश्चित नै देशको आर्थिक विकास तथा GDP मा बढोत्तरी भई राष्ट्रको समृद्धि हुन सक्छ ।


लघु , घरेलु तथा साना उद्योगीहरुलाई असल व्यवस्थित ,भरपर्दो र अनुमानयोग्य सरकारसंगको सम्बन्ध भए मात्र राष्ट्रको समृद्धमा सेतुको भुमिका खेल्न सक्छ ।

लेखक घरेलु तथा साना उद्योग विकास समिति उदयपुरका प्रमुख शम्भु साह ।