रमपम उदयपुर गोल्डकपको उत्घाटन खेल सुनसरीलाई पछि पार्दै सशस्त्र विजयी

गाइघाट , जेठ ३२
शनीबार देखी सुरु भएको छैठौँ रमपम उदयपुर गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरी क्लव विजयी भएको छ । उद्घाटन खेलमा न्यु स्टार क्लव सुनसरीलाई २–१ ले पछि पार्दै सशस्त्रले खाता खोलेको हो ।  
खेलमा पहिलो हापको १३ औँ मिनेटलाई सदुपयोग गर्दै सशस्त्रका स्यान्त्याङ्गलले समुहका लागि खाता खोले । लगत्तै २८ औँ मिनेटमा सुनसरीका विदेशी खेलाडी औरेल इनामेले खेललाई बराबरीमा पुर्याए लगतै सशस्त्र प्रहरी क्लवको तर्फबाट ३७ औँ मिनेटमा नविन लामाले गोल गरे सोही गोलनै निर्णयक गोल बनेको छ ।
 तीन जना विदेशी खेलाडी लिएर मैदानमा उत्रिएको सुनसरीले सुरुवातीचरणमा निकै आक्रमक खेल प्रर्दशन गरेपनि पहिलो हापपछि निरन्तरता दिन सकेन् । जितसँगै सशस्त्रका नविन म्यान अफ दि म्याच घोषित भए । उनलाई प्रदेशनम्बर १ का सांसद सुनिताकुमारी चौधरीले नगद ७ हजार र ट्रफीले गर्नुभयो ।
जितसँगै सशस्त्र सेमिफाईनलमा प्रवेश गरेको छ । सेमिफाईनल खेल मोरङ्ग र नेपाल पुलिस क्लवक विजेतासँग असार ४ गते सशस्त्रले सामना गर्ने छ । प्रतियोगिताको आईतबार हुने दोस्रो खेल आयोजक उदयपुर र झापा फुटवल क्लव विच हुने आयोजक समितिका संयोजक रमाकान्त चौधरीले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघका अध्यक्ष कर्मा्छिरिङ्ग शेर्पाले गर्नुभएको थियो । असार ७ गतेसम्म उदयपुरको सदरमुकाम गाईघाटस्थित थरुहट रंगशालामा हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख रुपिँया पाउने छ । प्रतियोगितामा सशस्त्र र नेपाल प्रहरीका विभागिय टिमसहित ८ वटा टिमको सहभागिता रहेको छ ।