यामाहाको रे जेडआर ‘स्ट्रिट र्याली’ गाइघाटमा

इश्वर बलम्पाकी मगर
गाइघाट , भदौ २६
यामाहाको मोटरसाइकल तथा स्कुटरको आधिकारिक डिलर सुमित्रा अटोलिङ्कले आकर्षक रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट र्याली’ गाइघाटमा ल्याएको छ । ‘स्ट्रिट र्याली एडिसनको डिजाइन विश्वमै प्रतिष्ठित यामाहाको मोडेलहरुबाट प्रभावित रहेको छ ।

नयाँ रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट र्याली’ को गाइघाटमा सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गरी त्रियुगा उद्योग बाणिज्य संघ उदयपुरका बरिष्ट उपाध्यक्ष रमेश बिक र ट्राफिक प्रहरी कार्यलय उदयपुरका इन्चार्ज प्रहरी नायव निरिक्षक अमृत बहादुर कार्कीले रिवन काटेर सार्वजनिक गरेका छन ।

‘यामाहा रे जेडआर ‘स्ट्रिट र्याली’ एडिसन पावर र स्टाइलको उत्कृष्ट समिश्रण हो ’ सुमीत्रा आटोलिङ्क गाइघाटका प्रबन्धक रितेस कुमार महतोले भन्नुभयो , हामीलाइ विश्वास छ अत्याधुनिक प्रबिधि भएको स्टाइलिस स्ट्रिट र्याली स्कुटरले स्पोर्टी स्कुटर रुचाउने ग्राहकमा उत्साह थप्नेछ । यामाहाप्रतिको बढ्दो मोहलाइ नयाँ स्कुटरले नयाँ उचाइमा पुर्याउने अपेक्षा हामीले गरेका छौ ।

यस्तै नयाँ रे जेडआर ‘स्ट्रिट र्याली’ का फिचरहरुमा ११३ सीसी ब्लु कोर इन्जिन, उत्कृष्ट पिकअप र उत्कृष्ट माइलेज , नकल गार्ड चालकको हातमा सुरक्षाको लागि , बोल्ड न्यु भाइजर थप स्पोर्टी र आकर्षक डिजाइनका लागि, डिजिटल इन्स्ट्रयुमेन्टल प्यानल आवश्यक जानकारीहरु समावेश भएको आकर्षक ककपिट , फ्रन्ट डिस्क ब्रेक एन्ड एलोई ह्विल आकर्षक डिजाइन रहेको छ ।

यामाहा रे जेडआर ‘स्ट्रिट र्याली’को बजार मूल्य रु २,०८,९००। ताकिएको छ भने यो स्कुटर र्याली रेड र रेसिङ ब्लु गरी दुइ वटा कलरमा पाउन सकिन्छ ।

 

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]