यही मंसिर २० देखी २९ गते सम्म उदयपुरमा दोस्रो औधोगिक महोत्सव हुने

पुजा राजधामी
उदयपुर , मंसिर १५
यही मंसीर २० गते देखी २९ गते सम्म उदयपुरमा दोस्रो औधोगिक महोत्सव हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ, उदयपुरको आयोजनामा हुने महोत्सवमा प्रदेश न. १ भरीका उद्यमीहरुलाई एकैथलोमा भेला गरी बजार प्रवद्र्धन तथा पर्यटन प्रबर्दन गर्ने लक्ष्य लिएको बताइएको छ ।
“मेहनत श्रृजना उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मुल नाराका साथ आयोजना हुन लागेको महोत्सवमा । उद्यमीहरुको स्थानीय उत्पादन नै प्रमुख आकर्षक रहने शनिबार एक पत्रकार सम्मेलनाको आयोजना गरी जानकारी गराइएको छ ।

महोत्सवलाई सबै तहबाट भब्यरुपमा सफल पार्न ब्यापारी , राजनितिक दल , पत्रकार , नागरीक समाज , उद्योगी ब्यापारी , बिद्यार्थी कर्मचारी , शिक्षक , जनप्रतिनिधीहरुमा नेपाल घरेलु तथा साना उद्योग महासंघ, उदयपुरका अध्यक्ष मधुकर थापाले अग्रह समेत गरेका छन ।