मुर्कुचीबाट बाढीले बगाएको बालक चुहाडेमा मृत फेला

गाइघाट , असार ३१
रौतामाई गाउपालिका ७ मुर्कुचीबाट गएराती बाढीले बगाएको १३ बर्षिय बालकको शव त्रियुगा नगरपालिका ६ मा फेला परेको छ । आमा संग सुंगुरलाइ चारो लगाउन गएको आर्यन तामाङलाइ एक्कासी आएको बांढीले बगाएको थियो । बालकको शव आज बिहान खोलाको बिच भागमा दाउराले छोपेको अवस्थामा स्थानीयले फेला पारेको थियोे ।


बालकको आमा ४० बर्षिय सुनिता तामाङलाइ भने केही तल बालुवाले पुरेको अबस्थामा आज बिहान स्थानीयले फेला पारेको प्रहरीले जनाएको छ । उनको अबस्था चिन्ताजनक रहेको र हाल बिराटनगरमा उपचार भइ रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।


यस्तै रौतामाई ८ स्थित डिल्लीबरकी ५५ वर्षीया रणमाया रिखाम मगरको घर सहित परिहोले बगाएर मृत्यु भएको स्थानीयले जनाएको छ ।  हाल सो क्षेत्रमा प्रहरी टोली गइ सकेपनी घटना स्थल हिनेर जानुपर्ने भएकोले प्रहरी पुगी नसकेकोले घटनाको पुष्टि हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक बीर बहादुर बुढा मगरले जानकारी दिनुभयो ।


रौतामाई गाउँपालिकाको प्रमुख शहर मुर्कुची बजारमा‘ गुरासेको पहिरो झरेर छौडÞिया खोला बजार पसेको बताइएको छ ।