माछा मार्न हिनेकी ३३ बर्षिय सुन्तली त्रियुगा दोभानमा मृत फेला

उदयपुर , पुस २८
माछा मार्ने भन्दै हिडेकी त्रियुगा नगरपालिका १२ बस्ने सुन्तली बोटे आइतवार त्रियुगा र बरुवा खोलाको दोभानमा मृत अवस्थामा भेटिएकी छिन् । लाल बहादुर बोटेको श्रीमती अन्दाजी ३३ बर्षकी सुन्तली बोटे मृत अवस्थामा फेला हो ।
शुक्रबार करिव १० बजेको समयतिर माछा मार्न भनी हिडेकी बोटे साँझ बेलुका सम्म घर नआएपछि खोजतलास गर्ने क्रममा आइतवार खोलाको दोवानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय उदयपरले जनाएको छ ।
महिलाको अत्याधिक चिसोको कारण मृत्यु भएको हुन सक्ने अनुसन्धानले देखाएको छ । महिलाको अन्य कुनै पनि चोटपटक नभएको प्रहरीको भनाइ छ ।

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]